काठमाडाैँ । घरमा हजुरबुवा बितेपछि परिवार सम्हाल्न पढाइ छाडेर प्रदेशीका बुवा अहिले पनि प्रदेशमै हुनुहुन्छ । कहिलेकाहीँ हैरान भएर ‘कर्मकाे फल पाउन पनि भाग्य चाहिने रैछ’ भन्नुहुने बुवाले अहिले पनि कर्म गर्न भने छाेड्नु भएकाे छैन ।
हामी सानै हुँदादेखि नै मम्मी प्रायः बिरामी भइरहनुहुन्थ्याे । हामी मम्मीसँग, कहिले दिदीसँग, कहिले आन्टीसँग, कहिले भाउजूसँग हुर्कियाैँ । मम्मी उपचारका लागि कहिले घर कहिले मुम्बई बस्नुहुन्थ्याे ।
सामान्य मानिसमाजस्ताे हाम्राे मम्मीमा पनि सामान्य कुरा बिर्सने बानी पूरानै थियाे । प्रायः मम्मीले बिर्सने भनेकाे नै सुट्केसकाे साँचाे र कहिले पैसा राखेकाे ठाँउ बिर्सिरहने बानी थियाे । बुवालाई बाहिर निस्कने बेला हतारमा जैले त्यस्ताे हुँदा बुवामम्मीकाे सामान्य भनाभन नै पर्थ्याे ।
कतै हिँड्ने बेलामा जैले साँचाे खाेज्दाखाेज्दै अबेला हुन्थ्याे । एकदिन हैन, दुई दिन हैन साँचाे राखेकाे ठाउँ हाेस नहुने, जैले सब सामान छरप्रपष्ट पारेर खाेज्दा झन् काम बढ्ने भनेर बुवाले मम्मीलाई कराउनु हुन्थ्याे । हराएकाे साँचाे हाेस् या सामान हाे घरमा भएजति सबै सदस्यले खाेजी गर्थ्याै र अन्तिममा हराएकाे भनेकाे कुरा मम्मीले राम्रै ठाउँमा राखेकाे पाउथ्याैँ ।
साँचाे र सामान भनेकाे र चाहिएकाे बेला नपाएपछि बुवा हैरान भएर भन्नुहुन्थ्याेः ‘तेरी मम्मीलाइ अब सामान राखेकाे यादै नहुने भयाे बरु कतै दिमाग फेर्न मिल्ने ठाउँ भए फेर्न हुन्थ्याै’ भन्दै हाँस्नुहुन्थ्याे । जिन्दगीभर यति अाैषधि गर्दा पैसा सकिएर त केही छैन तर अब दिमाग फेर्न पाए घरबार बेचेरै भएपनि दिमागकाे उपचार गर्थे भनेर बेलाबेला बुवा मम्मीसँग ठट्टा गर्नुहुन्थ्याे ।
मम्मीमा देखिने अन्य समस्याहरु निकै हुँदै गए तर बिर्सने समस्या जस्ताकाे त्यस्तै रह्याे । कम्जाेरीका कारण त्यसाे भएकाे भनेर मुम्बइका डक्टरले उपचारका नाममा भिटामिन खान दिन्थे । तर परिवार जसाेतसाे बुवाले हेरिरहनु भएकाे थियाे ।
२०६९ साल बैशाखमा नान्दाइकाे (कान्छाे दाइ) बिहे भयाे । त्यही वर्षकाे तिहारमा महेन्द्रनगरकाे अान्टी (सानीमा) र मम्मी अछाम मामाघर जानुभएकाे थियाे । त्यतिबेला पहाड जानुभएकाे बेला मम्मी एक्कासी ढल्नुभएकाे कुरा पछि अान्टीले भन्दा हामीले थाहा पायाैँ ।
त्यही वर्षकाे अन्तिमतिरबाट मम्मीलाई समस्या बढ्दै गयाे । साेही वर्षदेखि म नान्दाइसँग काठमाडाैँमा बसेर पढ्न थालेँ ।
मम्मी पहिलेभन्दा बढी कुरा बिर्सन थाल्नुभयाे मान्छेहरुलाई, चिन्न छाेड्नुभयाे, एउटै कुरा चारपटक साेध्ने र एकै ठाँउ बस्न नमान्ने, छटपटाउने, खाना खान नमान्ने, लगाएकाे लुगा च्यात्ने, अनेक समस्या बढ्दै गयाे । गएपछि मम्मीलाई हेर्न अनिवार्य एक जना मानिस चाहिने भयाे । सुरुमा धनगढी अाैषधि सुरु गर्याै कहिले, धामीझाक्रीलाई देखायाैँ, कहिले पूजापाठ गर्याैँ, कहिले ग्रह शान्ती गर्याै, जसले जे भन्याे त्यही गर्याैँ तर न राेगकाे पत्ता लाग्याे, न ठीक भयाे ।
समय बित्याे गयाे । त्यही क्रममाा २०७१ साल जेठतिर ठूल्दाइकाे परिवारले अलग भएर बस्ने निर्णय गर्नुभयाे । हेर्दा राम्रै देखिए पनि मम्मीकाे शारीरिक भन्दा मानसिक अवस्था जटिल बन्दै गरहेकाे थियाे । एकछिन एक्लै छाेडे भने चकचक गरेर धेरै कुरा बिगार्ने हुँदा जतासुकै जान नमिलाेस् भनेर मम्मीलाई कुर्चीमा सलले बरेर राख्न पर्थ्याे, कहिले त्यही बाधेकाे उठाएर हिन्ने, कहिले दिसापिसाव गरेकाे थाहा नपाउने त्यही खाएर बस्ने । मम्मीसँगै सबलाई घरमा दुःख भयाे । सानाे बच्चालाई स्याहारेजस्तै मम्मीलाई हेर्न अनिवार्य एकजना मान्छेसँगै हुन पर्थ्याे । ठूल्दाइकाे परिवार छुट्टिएपछि कान्छी भाउजुलाई एक्लै मम्मी हेर्न गाह्राे हुने भयाे भनेर बुवा मम्मी र कान्छी भाउजुलाई काठमाडाैँ पुर्याएर अाफू मुम्बइ पकिर्नुभयाे ।
२०७३ असार तिर त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि मम्मीलाई लिएर गयाैँ । न्यूराेलाेजी अाेपीडीमा डाक्टर विक्रमप्रसाद गजुरेलले मम्मीककाे चेकजाँच गर्नुभयाे । तीन दिनपछि सम्पूर्ण रिपाेर्ट हेरेर मम्मीलाई निकाे नहुने राेग ‘अल्जाइमर्स’ भएकाे भनेर जानकारी दिनुभयाे । एकातिर त्याे राेगकाे नाम पहिलाेपटक सुन्याै अर्कातिर सुरुमै निकाे नहुने राेग भनेकाे सुन्दा नान्दाइ र म झस्कियाैँ, एकछिन घुमेकाे अनुभव भयाे । निकाे हुने अास बाेकेर अस्पताल पुगेका हामीलाई निरास भएकाे देखेर डक्टरले फेरि ढाडस दिँदै याे राेग पूर्णरुपमा निकाे हुँदैन तर कम गर्ने उपचार छ भन्दा हामीममा अलि अास पलायाे । बाेलीचालीकाे भाषामा बिसर्ने राेग भनेर बुझिने रैछ । खासमा उमेर ढल्किदै गएपछि बुढेसकालमा बुढाबुढीमा देखिने राेग भएपनि मम्मीमा ५४ वर्षकाे उमेरमा देखियाे । अल्जाइमर्स राेगककाेे निदान अाजसम्म पूर्ण सम्भव नभएकाे र बिरामीकाे अवस्था थप चाँडै बिग्रन नदिन नियमित जिन्दगीभर अाैषधि खुवाउनु पर्ने डक्टरले सल्लाह दिनुभयाे ।
मम्मीलाई एक्लै अस्पताल लैैजान नसकिने अवस्था थिएन् । नान्दाइ बिहनै गरेर टिकट काटेर डक्टरकाे पालाे कुरी बस्नुहुन्थ्याे, म त्यतिजेलसम्म अस्पताल बाहिर मम्मीलाई डुलाएर बस्थेँ ताकि मम्मीकाे चकचक र छटपट कम हाेस् भनेर । कसैलाई देख्याे कि फुपू भनेर ढाेक गर्न जाने, कसैलाई गाली गर्ने गर्दा कतिपय मानिस साेध्न अाउँथे कतिपय चारैतिरबाट हेरी बस्थे ।
डाक्टरकाे सल्लाह बमाेजिम नै अाैषधि सुरु गरियाे मम्मीकाे छटपटीबाहेक अरु केही कम भएन । मम्मीलाई अस्पताल लैजान गाह्राे हुने हुँदा प्रत्येक तीन महिनाकाे फरकमा मम्मीमा देखिएकाे सुधार र थपिएका समस्यासँगै केही गुनासा लिएर दाइ अथवा म डाक्टरलाई भेट्न पुग्थ्याैँ । दाइकाे स्कुलकाे बिदा नभएकका कारण प्रायः म नै जान्थे ।
डाक्टरले ‘नानी अामालाई कस्ताे छ अहिले ?’ भनेर साेध्ने प्रश्न पहिलाे हुन्थ्याै ।
मम्मीकाे अवस्था सुधार नभएकाे देखेर मलाई डाकाे छाडेर रुनु मन लाथ्याे तर अाँखाभरि अाँसु पार्दै समस्या सुनाएर थप अाैषधि लिएर सम्हालिँदै फर्किन्थेँ ।
त्यही बीचमा घरायसी कामले बुवाले घर अाउन पर्ने भयाे घरमा काेही थिएनन् । म मम्मी घर लाग्याैँ । बैशाखमा पुनः काेराेना बढेपछि लकडाउ सुरु भयाे । तीन महिनाजति बुवा घर बसेर जानुभयाे । मम्मी र म घरमै बस्ने भयाै । भाउजु दशैँतिर काठमाडाैँबाट घर फर्किनुभयाे र घरै बस्ने निधाे गर्नुभयाे ।
यतिका वर्षदेखि अाैषधिले मम्मीकाे अवस्थामा सुधार नभएकाे देखेर गाउँका मान्छे/ अाफन्तले निकाे नहुने भए किन अाैषधि खुवाउनु, किन पैसा खर्च गर्छाै ? पैसा धेरै भयाे कि क्या हाे भन्थे । मर्नु सबले पर्छ एकदिन मरे अानन्द हुने थियाे । तिमीहरुलाई नि धेरै दुःख भयाे भनेर सुनाएर जान्थे । नरमाइलाे लाग्थ्याे । उनीहरुलाई हामीले मम्मीलाई स्याहारेकाे देखेर नि हार मान्थे र मम्मीलाई मृत्युकाे कामना गरी जान्थेँ ।
मम्मीले त्यतिखेर सक्न्ने भनेकाे सास फेर्न र हिँड्नु मात्र थियाे । उता बुवाले चाहिँ जेजस्ताे भएनि अामा भनेकाे अामा हाे यत्तिकै बाँचिरह्याे भने नि तिमीहरुले अामा भन्न त पाएका छाै, अाँखै अगाडि देख्न पाउनु ठूलाे कुरा हाे भनेर बेला बेला सम्झाइरहनु हुन्थ्याे । हामीलाई समयअनुसार त्यस्तै सहने बानी पर्दै गयाे ।
सानाे छँदा इन्डियाबाट बुवामम्मी घरमा अाउँदा त्यसै दशैँ नै अाएजस्ताे लाग्ने घरमा अचेल दशैँ नअाएकाे दशक भयाे ।
मम्मीले गर्ने दाेहाेर संवाद सकिएककाे वर्षै भएकाे थियाे तर हामीलाई नचिने पनि मम्मी भनेर बाेलाउदा हँ.. चाहिँ भन्नुहुन्थ्याे चाहे जेसुकैले मम्मी भनि बाेलाउन । खाना खुवाउँदा समेत बेला बेला अाँ.. गर्न बिर्सन थाल्नुभयाे, खाना खुवाउन दुःख हुन थाल्याे अरु बेला हिँडेर र सामान चलाएर हैरान गर्ने मान्छे त्याे हिउँदमा अलि शिथिल हुनुभएकाे थियाे । खुट्टा टेकेर एक्लै उभिनसमेत छाड्नुभयाे । हामीले जाडाेकाे असर हाेला साेच्थ्याैँ । मम्मीलाई अरु बेलाभन्दा बढी जाडाेमा गाह्राे हुन्थ्याे । परार साल हिउँदभरि खुबै नानी परेर जाडाे निकै बढेकाे थियाे । फागुन महिना लाग्याे पानी पर्न बन्द भएर मम्मीलाई केही राहत मिल्याे ।
२०७८ फागुन २ गते प्रेम दिवसकाे दिन थियाे । बिहानभरि घरछेउकाे अाँपकाे रुखमा काग एकाेहाेराे कराएककाे थियाे । त्याे बेला साबै याद गरिएन् । बुवा मुम्बइ जानु भएकाे केही महिना भएकाे थियाे । नान्दाइ पनि हिँउदे बिदा सकेर काठमाडाैँ फर्किनु भएकाे चार दिन मात्र भएकाे थियाे । भाउजू पनि त्यही दिन साथी भेटेपछि ताेरी पेल्न मिल जानु भएकाे थियाे घरमा २ वर्षे रदिफ बाबू र ममात्रै घरमा थियाैँ । त्याे दिन राम्राे घाम लागेकाे हुँदा अरु दिन जस्तै मम्मीलाई बिहान नुहाइधुवाइ गरेर खाना खुवाएर घाममा कुर्सी राखेर बसाले । मम्मी त्यसरी नि दिउँसाे कुर्सीमा सुत्नुहुन्थ्याे । दिन पनि त्यसरी नै सुतिरहनुभएकाे थियाे । बाबू अाँगनमा खेलिरहेकाे थियाे । मम्मीकै छेउमा भाउजूले काटेर छाेड्नुभएकाे मुलाकाे पात केलाउँदै थिए ।
बेलुका ५ बजेतिरकाे समयमा चाँदनीकाे मम्मी (तल्ला घरकी भदै) हाम्राे घर अाउनुभयाे । मलाई फुपू भाेक लाग्याे केही खानेकुरा छ भनेर साेध्नुभयाे । मैले भात र राेटी पनि छ अाफू खानु अनि मम् छैन भनेर साेध्नुभयाे । मैले खानु तर अलिकति मम्मीलाई खुवाइदिन अाग्रह गरेँ । खुवाउने क्रममा मम्मीले भात खान मान्नुभएन, मुख खाेल्नु भएन भन्नुभयाे अनि राेटी खुवाउन सजिलाे हाेला भनेर अाफ्नैले भित्रबाट राेटी ल्याएर दिएँ । उहाँले २/ ३ गाँस के खुवाउनु भाथ्थाे एक्कासी घाँटीमा अड्केजस्ताे भयाे भनेर बाेलाउनुभयाे । मैले हेर्दा साना बच्चालाई खाना सर्केरकाे बेला अनुहारजस्ताे हुन्छ त्यस्तै भएकाे मम्मीकाे राताे अनुहार देखेँ, अाँखामा अाँसु टिलपिल भएँ । मम्मीलाई गाह्राे भइरहेकाे थियाे । घाँटीबाट किक…किक.. अावाज अाइरह्याे । (त्यसै गरि अलि अगाडि बुवा इन्डिया जाने दिन बिहान नास्ता खुवाउने बेला त्यस्तै भएकाे थियाे पानी खुवाएपछि सजिलाे भाथ्याे मम्मीलाइ ) गाँस निल्न सजिलाे हाेस् भनेर मैले हत्तप्त पानी ल्याएर खुवाएँ । मम्मीकाे सास एकै छिनमा सास हरायाे, मेराे सास पनि राेकिएलाजस्ताे भयाे । खुट्टा थर्रर कापेँ अाँखावरिपरि अन्धकार छायाे ।
जीवनमा मान्छेकाे सास अाँखै अगाडि बिलाएकाे पहिलाे पटक देखेँ । के गर्राैँ ? कसाे गराैैँ भइररह्याे हामी दुवैजनालाई तैपनि गालामा हाँतले मुसार्दै मम्मीमम्मी भनिरहेँ मम्मीले हँ समेत भन्नुभएनँ । मनमा झनै चीसाे पस्याे । मान्छे मर्दा गाह्राे गरि सास जानेकाे कुरा सुनेकाे थिए । तर मम्मीलाई गाह्राे भएकाे थिएन् सास सेकेन्डमै बिलाइ गएकाे थियाे ।
एक मनले मम्मी छारे राेगले बेहाेस् हुनुभएकाे हाेला भनेर अास पलायाे । मम्मीलार्इ पहिला पनि १/२ पटक बेहाेस भएर पछि हाेस् अाएकाे देखेकाे थिए । र त्यही कुरा डराइरहेकी चाँदनीकाे मम्मीलाई भनेर नडराउन अाग्रह गरेँ । तर हामी दुवैै जनालाई मान्छे मर्दा वा बेहाेस् हुँदा कस्ताे अवस्था हुन्छ भन्ने थाहा नै थिएन । कसैले मम्मीकाे सासकाे अवस्था पत्ता लगाइ दिन भनेर गाउँका १/२ जना अाफन्तलाई फाेन गरेर बाेलायाैँ तर उहाँहरुले पनि थाहा नपाउने कुरा राखे । त्याे कुरा बिस्तारै गाउँभरि फैलियाे छिनमै अाँगमा मान्छेहरुकाे भीड लाग्याे ।
एक डेढ घन्टापछि एकजना हजुरअामाले सबै हेरेर भन्नुभयाेः
बेहाेस्, हैन सास छैन,
अब सधैँका लागि जानुभयाे,
अाजदेखि दुःखबाट छुट्कारा पाउनुभयाे
त्यति भनेकाे सुन्दै गर्दा केही छिन शान्त भएकाे मुटु फेरि फुट्लाजस्तै भयाे, जिन्दगी नै सकिएजस्ताे भयाे । रिङ्गटा लागेर भूइँमा थचक्क बसेर एकछिन बेस्सरी राेएँ । बाबू किन राेएकाे फुपू, के भयाे भनेर साेधिरह्याे । चारैतिर हेरेँ काेही देखिनँ, घरपरिवारलाई सम्झेँ, म सम्हालिनबाहेक उपाय नै थिएन सम्हालिएँ । भाउजु अलिपछि पुग्नुभयाे । रुदैँ बेहाेस् हुनुभयाे, मैले भाउजूलाई सम्हालेँ । अरुले बुवालाई मम्मी बेहाेस हुनु भएकाे र तुरुन्तै घर अाउनु भनेर खबर पठाउए छन् । रातभरि मान्छेहरुले लास कुरी बसे । म चाहिँ कसैले नपाउने गरी राेइ बसेँ । त्याे राेटी नखुवाए भए यस्ताे हुन्थे भन्ने छट्पटी भैरह्याे ।
अर्काे दिन बिहान नान्दाइ घर पुग्नुभयाे । मैले अनुहार हेर्ने अाटसम्म गरिनँ । बुवा घर पुगेपछि मात्र लास उठाउने कुरा थियाे । तीन दिनसम्म मम्मीकाे लास बरफामाथि राखिएकाे थियाे । मलाई भने छेउमा मम्मी सुतिराख्नु भएकाे छ जस्ताे लागिरहन्थ्याे । अर्काे दिन बिहान फागुन ४ गते बुवा, ठूल्दाइ अँकल अाइपुग्नुभयाे ।
बुवाका अगाडि सम्हालिन पर्छ भनेर म शान्त भए बुवाले भीडमा मलाइ खाेजिरहनुभएकाे थियाे । अलिकति पैसा मेराे हातमा थमाउँदै बुवा मम्मीकाे लास भएतिर जानुभयाे, एकैछिन घरकाे फेरि रुवाबाँसी चल्याे । मम्मीलाई अन्तिम पटक फेरि दाहसंस्कारका लागि बिदा गर्याैँ ।
सानाेमा जाेसँग रिस उठेँ पनि, रिसाउन चाहिँ मम्मीसँगै पर्थ्याे । चित्त अरु कुराहरुमा नबुझे पनि खाना नखाएर निहुँ मम्मीसँग खाेजिरहन्थेँ । खाना नखाएपछि सबैभन्दा रिस त्यसैमा उठ्थ्याे मम्मीलाई । खान नपाएजस्ताे ज्यान छ नखाए झन् कस्ताे हाेला भनेर खाना खा भनेर मम्मीले फकाएकाे, खान नमानेपछि भनेकाे नमान्ने भए मेराे घरबाट जा भनेकाे, म मरेपछि था पाउछस् खै काे यसरी जिद्दी गरेर मनाउँछ तलाइ भनेकाे अझै याद अाउँछ । तपार्इ बिरामी हुनुभएदेखि मैले रिसाउन पनि छाेडिदिएँ ।
अाजसम्म देखिने मिल्ने गरी र गर्व गर्न लायक केही गर्न त सकेकाे छैन । तर बाटाे बिराएकाी छैन । पैला बाेल्नुभन्दा अगाडि रुने छाेरी अचेल परिपक्क भएकी छ, अाँटिली भएकी छ, सम्झदार भएकी छ, सहनशील भएकी छ । अामा गुमाएपछि कसरी बाँचिएला, कसरी हाँसिएला, जिन्दगीकाे लय उसैगरि फेरि कसरी समात्न सकिएला भनेर साेच्ने म अचेल समयले सबै कुराकाे बानी पारेकाे छ । तेरा लागि म छु नि,हामी छाैँ नि भन्नेहरुकाे जमातमा म एक्लै परेँ । कति कुरा बुवालाई सुनाउन मिल्दैन, कति कुरा दाइलाई भन्न सकिँदैन । अामा गुमाउनु भनेकाे संसार गुमाउनु हाे भन्थे हाे रैछ, जति दिन ढल्दै गयाे त्यति यादले सताउने रैछ ।
समय फेरियाे, साल फेरियाे , तपार्इलाई जमाना फेरिए जसरी झपक्कै पारेर सँगै हिँडाउने रहर अधुरै रह्याे । अामा जहाँ हुनुहुन्छ खुसी रहनुहाेला ।