KhabarUjyalo

नेपालले नेदरल्याण्ड्ससंग टस जितेर फिल्डिङ रोज्यो

४ बैशाख २०७८, शनिबार
नेपालले नेदरल्याण्ड्ससंग टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं, बैशाख ४ गते । त्रिदेशीय कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले टस जितेको छ । टस जितेर कप्तान ज्ञानेन्द्र मल्लले नेदरल्याण्ड्सलाई ब्याटिंगका लागि निम्ता दिनुभएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा सुरु हुन लागेको खेल अबको केही मिनेटपछि सुरु हुँदैछ । नेदरल्याण्ड्स क्रिकेट टोलिमा अनुभबीसहित युवा खेलाडीले प्राथमिकता पाएका छन् । नेपालले भने पहिलो खेलमा अलराउन्डर पारस खडका बिना नै मैदानमा उत्रिएको छ । चोटग्रस्त पारस नेदरल्याण्ड्स बिरुद्धको खेलबाट बाहिरिएपछि उहाँको स्थानमा सन्दीप जोरालाई बोलाइएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo