Khabar Ujyalo

रवि लामिछानेले बनाएको रास्कोट अस्पताल संचालनमा,रास्कोटमा रविलाई भव्य स्वागत !

३१ चैत्र २०७७, मंगलवार
रवि लामिछानेले बनाएको रास्कोट अस्पताल संचालनमा,रास्कोटमा रविलाई भव्य स्वागत !

कालिकोट : पत्रकार रवि लामिछानेको पहल र सर्वसाधारणको सहयोगमा कालिकोटको रास्कोटमा अस्पताल भवन निर्माण गरी आजदेखि संचालनमा आएको छ।

मंगलबार पत्रकार लामिछानेले एक कार्यक्रमका बिच अस्पताल भवन हस्तान्तरण भएको हुन् ।

यस अघि अन्य स्थान सेवाबाट दिदै आएको अस्पतालले आजबाट पूर्ण रूपमा नयाँ भवनबाट सेवा सुरू गरेको पत्रकार लामिछानेले जनाएको छ।

१५ शैया क्षमताको रहेको उत्त अस्पतालमा पाँच कक्ष आकस्मिक रहेको छ। भने अस्पतालमा एमबिबिएस गरेका चिकित्सक रहन्छन्।

अस्पताल निर्माणका लागि स्वदेश र विदेशबाट सहयोग उठेको थियो। सहयोग गर्ने सबैलाई पत्रकार लामिछानेले धन्यवाद दिएका छन्।

अस्पताल संचालनमा केही त्रुटि भए अस्पतालको अध्यक्ष जिम्मेवारीले पुर्ण जिम्मा लिने पनि उनले कार्यक्रम बताए । पत्रकार लामिछानेलाई रास्कोटमा बाजागाजासहित फुलमालाले भव्य स्वागत गरेका थिए ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.