धनगढी : कञ्चनपुरमा एक युवतीको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका ९ राजघाटकि १९ बर्सिया मञ्जरी बोहरा सोमबार राति घरमै झुन्डिएको अवस्थामा फेला परेकी उपचारका क्रमम मृत्यु भएको हो ।
राती नै धनगढी ल्याइएको र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
माइती पक्षले भने घटना शङ्कास्पद रहेको बताएका छन् । मृतकका जेठो बुवा मोहन सिंह महराले घटना स्थल हेर्दा घटना शङ्कास्पद रहेको बताए ।
घटना बारे थप अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले बताएको छ ।