KhabarUjyalo

पुर्वराजा ज्ञानेन्द्र भारतको हरिद्वारमा पुगेर नेपालीमै सम्बोधन,के नेपाल सानो छ ?

३० चैत्र २०७७, सोमबार
पुर्वराजा ज्ञानेन्द्र भारतको हरिद्वारमा पुगेर नेपालीमै सम्बोधन,के नेपाल सानो छ ?

काठमाडौ : हामि देख्न गरेका छौं,भारतिय नेता नेपाल आएर भारतिय भाषा बोल्छन्,त्यसमा नेपाली नेता पनि भारतीय भाषा बोल्छन् भारतमा गएर त भारतीय भाषा बोल्नेनै भए । तर पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दु शनिबार भारतको हरिद्वारस्थित महाकूम्भ मेलालाई नेपाली भाषामै सम्बोधन गरेका पूर्वाराजाले आफ्नो धर्म बचाउँदै संस्कृतिको रक्षा गरेर मठ मन्दिर, देवस्थल र धामहरूको विकास गर्नुपर्नेमा जोड दिएका हुन् । 

‘अब हामीले हाम्रो धर्म बचाउनु छ, हाम्रो संस्कृतिको रक्षा गर्नु छ, हाम्रा मठ मन्दिर, देवस्थल र धामहरूको विकास गर्नु छ । हाम्रा गंगा नद नदीहरूको प्रवाह स्वच्छ पार्नु छ’, शाहले भने, ‘भगवान रामले भन्नु भएको थियो “अपि स्वर्ण मणि लंका न मे लक्ष्मण रोचति जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” भन्ने सद्यूक्तिको ख्याल हामीले राख्नै पर्दछ ।’

उनले के नेपाल सानो छ   भन्ने महाकवि लक्ष्मी प्रसाद देवकोटाको निवन्धको पनि स्मरण गरेका छन् । 

‘सानो छंदा मैले हाम्रा महाकवि लक्ष्मी प्रसाद देवकोटाले लेख्नु भएको, के नेपाल सानो छ   भन्ने निबन्ध पढेको थिएँ बडो चिन्ताकासाथ हाम्रो आर्य सभ्यताको महत्व खिइँदै गएको कुरामा उहाँले उक्त निबन्धमा लेख्नु भएको थियो । हो, कतिपय वाह्य दवाव, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा सांचो हो’, शाहले भने । 

उनले  हिन्दू सभ्यता, हिन्दूत्व रसनातनिक आर्य संस्कृति, वेद उपनिषद्, पूराण आदि अनेकौं ग्रन्थ सबै महत्वपूर्ण भएको भन्दै तिनको मननीय स्थान, हाम्रा विधि व्यवहार, जीवन पद्धति, आचरण र अनूशिलन आफैमा गहन भएको उल्लेख गरे । 

पूर्वराजा शाह चैत २६ गते पत्नी कोमल राज्यलक्ष्मी देवी शाह पनि भारत गएका थिए । निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानंदजी महाराजको निमन्त्रणामा उनी हरिद्वार पुगेका हुन् । 

सो मेलामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायतका हिन्दुवादीहरु नेताहरुको सहभागिता रहेको बताइएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo