धनगढी : कैलाली उद्योग वाणिज्य संघ क वर्गको शाखाका रूपमा सम्मानित भएको छ ।
उद्योग वाणिज्य महासंघको ५५ औ वार्षिक साधारण सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरलाई कदर पत्र सहित सम्मान गरेको हो ।
शनिबार सम्पन्न ५५ औं वार्षिक साधारण सभामा कैलाली उद्योग वाणिज्य संघलाई (क) वर्गको रुपमा उत्कृष्ट सम्मान गरेको छ ।