KhabarUjyalo

धनगढी हाफ म्याराथनमा जितको प्रतिस्पर्धामा ४ बर्षिय प्रज्वल र ५ बर्षिया युश्रा…

२८ चैत्र २०७७, शनिबार
धनगढी हाफ म्याराथनमा जितको प्रतिस्पर्धामा ४ बर्षिय प्रज्वल र ५ बर्षिया युश्रा…

धनगढी : धनगढी जेसिजको आयोजना शनिवार धनगढीमा ‘अब धनगढी दौडन्छ’ नवजीवन धनगढी हाफ म्याराथनमा धनगढी मोहनपुरका ४ बर्षिय प्रज्वल चन्द र धनगढी बिशालनगर घर भएकी पाँच बर्षिया युश्रा रिसाल पनि प्रतियोगितामा सहभागी भएका थिए । धनगढीका ४ बर्षिय प्रज्वल २१.१ किमिको खुल्ला तर्फको दौडमा सहभागी भएका थिए भने धनगढीकै पाँच बर्षिया युश्रा महिला तर्फको ५ किमि दौड प्रतियोगितामा सहभागी भएका हुन् ।

उनिहरु प्रतियोगितामा जित हासिल गर्ने भन्दापनि खेलकुद प्रतिको रुचिले प्रतियोगितामा सहभागी भएको अभिभावकहरुले बताए । युश्रा खेलकुद प्रती धेरै रुचि राख्छे,कतै पनि सहभागी गराउन पाएको थिईन । धनगढी जेसिसको आयोजना धनगढी हाफ म्याराथन हुन लागेको थाहा पाएपछि म र छोरी सहभागी भएको युश्राकी आमा मिना अधिकारीले बताइन् । महिला तर्फको ५ किमि दौडमा छोरीले ४ किमि दौडिन,मैले छोरीलाई पन्छाउन नसकेको बताईन ।

प्रज्वलको शनिबारको दिन भएकोले छोराले बिहानै उठाएर मोर्निङ्ग वाक गरौं भनेर उठायो, आज हाफ म्याराथन प्रतियोगिता छ भनेर छोरालाई यस प्रतियोगितामा सहभागी गराएको प्रज्वलका बुबा भरत चन्दले बताए । २१.१ किमिको खुल्ला तर्फको दौडमा कवर्डहल देखि बोराडाडीसम्म दौडेर सहभागी गरेको बताए ।

सानै उमेरमा खेलकुदमा देखाएको उनिहरुको सहभागिताले खेल जगतका युवाको हौसलासङ्गै आशा पनि थपिदिएका छन् । दुबै जनालाई धनगढी जेसिसले कार्यक्रममा सम्मान पनि गरेको छ ।

धनगढी हाफ म्याराथन २०२१ मा २१.१ किमि खुल्ला दौडमा १ घण्टा ६ मिनेट १३ सेकेन्डमा पार गर्दै जुम्लाका दुर्गा बुढा प्रथम भएका छन् ।
धनगढी जेसिजको आयोजना शनिवार धनगढीमा ‘अब धनगढी दौडन्छ’ नवजीवन धनगढी हाफ म्याराथनमा बुढा प्रथम भएका हुन् । उनी कर्णाली स्पोर्ट्स क्लबका खेलाडी हुन । यस अघि उनी धनगढी हाफ म्याराथनमा तेस्रोपटक प्रथम भैइसकेका छन् ।

यस्तै २१.१ किमि खुल्ला दौडमा द्वितीय बैतडीका नरेन्द्र रावत र तृतीय एपीएफका सन्तोष बिष्ट भएका छन्  ।

२१.१ किमि खुला दौड जसअन्तरगत प्रथमलाई नगद ५५ हजार पाँच सय ५५, द्वितियलाई ३३ हजार तिन सय ३३ र तृतियलाई २२ हजार दुई सय २२ नगद पुरस्कार पाए।
कर्पोरेट तर्फको ५ किमि दौडमा अटो चालक बिरेन्द्र भट्टराई १६ मिनेट १३ सेकेन्डमा प्रथम भएका छन् भने द्वितीय चन्द्र बोहरा,तृतीय भोज राज अवस्थी भएका छन् । प्रथमलाई पाँच हजार पाँच सय ५५, द्वितियलाई तिन हजार तिन सय ३३ र तृतियलाई दुई हजार दुई सय २२ नगद पुरस्कार पाए।

महिला तर्फ ५ किमि दौडमा २० मिनेट ४४ सेकेन्डमा सीता चौधरी प्रथम भएकि छन् । यस्तै द्वितीय निहा खड्का र तृतीय बर्षा पण्डित भएकी छन् । ५ किमि दौडमा प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतियलाई पाँच हजार पुरस्कार पाए भने अपांगता भएकाको ट्राइ साईकलतर्फका सहभागीले पनि पुरस्कार पाएका थिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo