धनगढी : बाजुरा जिल्लाको विगट गाउँमा जन्मिएका १६ बर्षिय ध्रुव विक दि भ्वाइस अफ नेपाल सिजन–३’ को ब्लाइन्ड अडिसन राउण्डमा छनोट भएका छन् । सानै देखि गितमा रुचि भएका विक कक्षा २ मा पढ्दा स्कुलमा गाएको ‘मर्ने रहर हुदैन..’ भन्ने गितले सामाजिक संजाल भाइरल भए । काठमाडौबाट पिएनपी मिडियाले उनको संगीत सङ्गै पढाईको जिम्मा लिदै काठमाडौ ल्याएको थियो । उनीलाई उत्त मिडिया गित सिकाउदै आएको छ
नेपाली टेलिभिजन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल–३’को ब्लाइन्ड अडिसन राउन्डमा आफ्नै शैलीमा ‘जिन्दगी को छ र भर’ गित गाएर कोच दिप श्रेष्ठलाई घुमाउन सफल भएका थिए । तर शो कोसातौँ दिनमा भने बिकले सबै जजहरुलाई रुवाएका छन् ।
बिकले लकडाउनमा आमाको उपचार हुन नपाएर अकाल्मै ज्यान गएको भनेपछि उनको कुरा सुनेर भ्वाईसको माहोल सुनसान भएको थियो भने सम्पुर्ण जज स्तब्ध भएका थिए।
उनले आफ्नी आमालाई सम्झिएर जिन्दगीको के छ र भर गित रोजेका थिए। बिकलाई आमाको गायक बनाउने ठूलो सपना थियो । सानैदेखी आमाले आफुलाई गित सिकाउने गरेकी थिइन् तर आज त्यो सपना आमा देखाउन सकिन धुर्व बताए । लकडाउनमा बुबा क्वारेन्टाइनमा उता आमाको कोरोना कारण मृत्युले मुख हेर्न नपाएको दुख व्यक्त गरे ।