काठमाडौ : शुक्रबार दिउँसो नयाँ बानेश्वरमा भएको नेपाली काङ्ग्रेस निकट निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी सभापति शेरबहादुर देउवा माथी सार्वजनिक कार्यक्रममै खनिएका छन् ।
रामचन्द्र पौडेलले देउवामाथि नयाँ सरकार बनाउन पहल नगरेको आरोप लगाए। प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन ठोस पहल नगरेपछि देउवासँग पौडेल असन्तुष्ट भएका हुन् ।
भाषण सकेर मञ्चतर्फ लम्केका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापति शेरबहादुर देउवाले सिटमा नपुग्दै रोके। उनको कानमा केही कुरा भने। कुराकानीका क्रममा देउवा रिसाएझैं देखिन्थे।
देउवा-पौडेल मञ्चमै आमनेसामने भएपछि कार्यक्रमका सहभागी हाँसेका थिए। हो-हल्ला भएपछि मञ्चबाट कार्यक्रम सञ्चालकले हल्ला नगर्न,नेताहरूबीच छलफल भएको’ कार्यक्रम सञ्चालकको भनाइ थियो।
पौडेलले देउवालाई ‘चुनाव-चुनाव-चुनाव भन्दै नहिँड्न’ भनेका थिए। भाषण सकेर मञ्चको कुर्सीमा बस्न नपाउँदै देउवाले बीचमै रोकेर आफूले नयाँ सरकार बनाउन पहल गरिरहेको बताए।