काठमाडौ : नेपालमा पछिल्लो २४ घण्टामा २८८ जना कोरोना संक्रमित थपिएका छन् ।
यससँगै नेपालमा संक्रमितको संख्या २ लाख ७९ हजार ३ सय ८८ पुगेको हो ।
यस्तै, २४ घण्टामा १२७ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार ७ सय ३५ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।