KhabarUjyalo

धनगढी हाफ म्याराथनको तयारी पूरा,सहभागीमध्ये एक भाग्यशालीलाई सिजिको ४३ इन्चको एलईडी टिभी !

२६ चैत्र २०७७, बिहीबार
धनगढी हाफ म्याराथनको तयारी पूरा,सहभागीमध्ये एक भाग्यशालीलाई सिजिको ४३ इन्चको एलईडी टिभी !

धनगढी : धनगढी जेसिजको आयोजनामा हुन लागेको ‘अब धनगढी दौडन्छ’ धनगढी हाफ म्याराथन २०२१ को तयारी पूरा भएको छ ।
बिहिवार धनगढीमा पत्रकार सम्मेलन गर्दै धनगढी जेसिजका अध्यक्ष कमलराज पनेरुले सके दौडौं,नसके हिडौं भन्ने नारासहित २०७८ सालको पुर्वसन्ध्यामा चैत २८ गते नवजीवन धनगढी हाफ म्याराथनको तयारी पूरा भएको जानकारी गराएका हुन् ।

अघिल्लो पटक कोरोना भाईरसका कारण हुन नसकेको धनगढी जेसिजका अध्यक्ष पनेरुले बताए  । उत्त हाफ म्याराथनमा सहभागी भैइदिन अनुरोध गरेका छन् । सहभागी हुनेले २ सयको फर्म भरी प्रतियोगितामा नाम लेखाउन पनि अनुरोध गरेका छन् ।

सहभागी म्याराथन ४ वटा विधामा रहेको पहिलो २१.१ किमि खुला दौड जसअन्तरगत प्रथमलाई नगद ५५ हजार पाँच सय ५५, द्वितियलाई ३३ हजार तिन सय ३३ र तृतियलाई २२ हजार दुई सय २२ नगद पुरस्कार दोस्रो कर्पोरेट मिडिया तर्फको ५ किमि दौडमा प्रथमलाई पाँच हजार पाँच सय ५५, द्वितियलाई तिन हजार तिन सय ३३ र तृतियलाई दुई हजार दुई सय २२ नगद पुरस्कार राखिएको उत्त प्रतियोगिताका संयोजक मोहन जोशीले जानकारी दिए ।

यस्तै तेस्रो महिला तर्फ ५ किमि दौडमा प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतियलाई पाँच हजार पुरस्कार छ भने चौथो बिधामा अपांगतालाई ट्राइ साईकलतर्फ पनि सहभागीलाई पुरस्कृत गरिने बताए । प्रतियोगिताको नवजीवन सहकारी मुख्य प्रायोजक रहेको छ । मुख्य प्रवर्द्धक धनगढी उपमहानगरपालिका,जेसिस इग्लिस बोर्डिङ,रेडक्रस कार्यालय धनगढी,कैलाली जिल्ला खेलकुद,रोयल सुज,एक्सिस स्कुल रहेको बताए ।

हस्पिटल पाटनरमा कैलाली हस्पिटल,निसर्ग हस्पिटल र माया मेट्रो हस्पिटल रहेको उनले बताए । प्रतियोगिता सहयोगीमा लक्ष्मी सहकारी,एभरेस्ट बैंक,सानिमा बैंक,पन्चकन्या ग्रुप,बिएसजी ट्रेड कन्सर्न रहेको बताए ।
यसबर्ष सिजि कम्पनीले सहभागी हुने मध्येबाट एउटा भाग्यमानीलाई गोलाप्रथाबाट सिजि कम्पनीको ४३ इन्चको एलईडी टिभी प्रदान गर्ने पनि जेसिसले जनाएको छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo