धनगढी : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रेस युनियन पराजित भएको छ ।
नेपाल पत्रकार महासंघको निर्वाचन मतगणनामा कांग्रेस निकट प्रेस युनियन पराजित भएको हो ।
देशभर प्रेस युनियनको नेतृत्वमा करिव एक दर्जन संगठन आवद्ध भएपनि डडेल्धुरामा भने गठबन्धन हुन सकेन ।
प्रेस युनियनविरुद्धको गठबन्धनले जित हात पारेको हो ।
प्रेस युनियनबाट अध्यक्षका उम्मेदवार बरुण पनेरुले जम्मा ३६ मत ल्याए भने विजयी बनेका हिक्मत सिंहले ५४ मत ल्याए ।
सचिवमा प्रेस युनियनका पुष्कर भण्डारी विजयी भएका छन् । उनले ५५ मत ल्याए भने प्रतिद्धन्दी लोकेन्द्र ओझाले ३५ मत पाए ।
महिला उपाध्यक्षमा निर्मला भट्टले ५७ मत विजयी भइन् भने लक्ष्मी ऐरले ३२ मत पाइन् ।
उपाध्यक्षमा गणेश रोक्का ५१ मत पाएर विजयी बने भने हरीश चन्दले ३९ मत पाए ।