झापा : नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मान्छे मार्ने र शालिक बनाउने कार्यको अन्त्य हुनुपर्ने बताएका छन ।
मंगलबार शहीद यामबहादुर आचार्य प्रतिष्ठानले झापाको शान्तिनगरमा आयोजना गरेको स्व. आचार्यको शालिक अनावरण कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका प्रवक्ता शर्माले मान्छे मार्ने र शालिक बनाउने कार्यको अन्त्य हुनु पर्ने बताएका हुन् ।
अबको बाटो हत्या हिंसा भन्दा बिकासको बाटोमा लाग्नु पर्ने बताए । पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन सोमबार काँग्रेस सभापति देउवा,कृष्ण सिटौला लगायत केन्द्रिय नेता झापा पुगेका थिए ।