९ आश्विन २०७९, आईतवार

अत्तरियामा रोकिएको ट्रकमा कार ठोकिदाँ एक जनाको मृत्यु

२४ चैत्र २०७७, मंगलवार
अत्तरियामा रोकिएको ट्रकमा कार ठोकिदाँ एक जनाको मृत्यु

धनगढी : कैलालीको अत्तरियामा रोकि राखेको ट्रकमा कार ठोकिदाँ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्  ।

गोदावरी नगरपालिका २ खानेपानी ट्याँकी नजिक रोकिएको से १ ख १७३१ नम्बरको ट्रकमा बा १४ च ४६३४ नम्बरको कार ठोकिदाँ सुर्खेत घर भएकी सुनिता पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भिर घाईते भएकी मगरको गएराति सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

कारका चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ वनसमितिका ३५ वर्षिय नरेन्द्र कुँवर घाइते भएका छन् । उनको अबस्था केही गम्भिर रहेको र धनगढीको निसर्ग अस्पतालमा आइसियुमा उपचार भैरहेको छ । 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo