KhabarUjyalo

इण्डोनेसिया र पूर्वी टिमोरमा बाढी र पहिरोका कारण कम्तीमा ५० जनाको मृत्यु

२३ चैत्र २०७७, सोमबार
इण्डोनेसिया र पूर्वी टिमोरमा बाढी र पहिरोका कारण कम्तीमा ५० जनाको मृत्यु

इण्डोनेसिया । इण्डोनेसिया र पूर्वी टिमोरमा बाढी र पहिरोका कारण कम्तीमा ५० जना मानिसको मृत्यु भएको छ।

अविरल वर्षासँगै आएको बाढी र पहिरोबाट कम्तिमा ५० जनाको मृत्यु भएको बताइएपनि मृतक संख्या अझै धेरै रहेको जनाइएको छ ।

लगातार परेको पानीसँगै बाँधभन्दा माथि पानी आइपुगेपछि थुप्रै टापुका हजारौं घर क्षतिग्रस्त भएका छन् । बाढी र पहिरोको असर इण्डोनेसियाको फ्लोर्स टापुदेखि छिमेकी मुलुक टिमोर लेष्ट अर्थात पूर्वी टिमोरसम्म पुगेको छ ।

इण्डोनेसियाको चार उपजिल्ला र सातवटा गाउँमा बाढी र पहिरो असर परेको आपतकालीन उद्धार एजेन्सीको भनाइ छ ।

घटनास्थलमा खटिएका टोलीले ४१ जनाको शव फेला पारेका छन् भने २७ जना बेपत्ता र ९ जना घाइते भएको पुष्टि गरे । तर पूर्वी फ्लोर्स उपराज्य संरक्षकले भने कम्तीमा ६० जनाको मृत्यु भएको बताए ।

इण्डोनेसियाको राष्ट्रिय प्राधिकरणले भने हताहती हुने यो संख्याको पुष्टि गरेको छैन ।

यस्तै पूर्वी टिमोरको राजधानी जिलीमा ११ जनाको मृत्यु भएको बताइएको छ । राहत तथा उद्धारकर्मीहरूले मृतक तथा घाइतेको संख्या अझै बढ्न सक्ने बताएका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo