KhabarUjyalo

सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग हस्पिटलमा ‘ब्रेन ट्युमर’को सफल शल्यक्रिया

२२ चैत्र २०७७, आईतवार
सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग हस्पिटलमा ‘ब्रेन ट्युमर’को सफल शल्यक्रिया

धनगढी । धनगढीस्थित सुदूरपश्चिमकै सुविधासम्पन्न निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले प्रदेशमै पहिलो पटक ‘ब्रेन ट्युमर’को सफल उपचार गरेको छ।

कैलालीको घोडाघोडी नगरपालिका ५ की ५५ वर्षीया सावित्री चौधरीको ४ सेन्टिमिटर लामो ब्रेन ट्युमरको शल्यक्रिया सफल भएको हो । न्यूरो सर्जन डाक्टर सुरेश सापकोटा, एनेस्थेसियोलोजिस्ट डाक्टर हेमन्त ओझा, यादब जोशी, लक्ष्मी खत्री, कल्पना बुढालगाएतको टिमले निरन्तर तीन घण्टा लगाएर शल्यक्रिया गरेको हो ।

‘‘बिरामीलाई बेहोस अवस्थामा ल्याइएको थियो, बायाँ सरिर चल्न छोेडेको थियो। सिटी स्क्यान र एमआरआई गर्दा दिमागमा ट्युमर देखियो’, डाक्टर सापकोटाले भने, ‘बेहोस अवस्थामा आएको बिरामी शल्यक्रियापछि होसमा आउनु भएको छ।, दुईवटै हात उठाउनुहुन्छ । आफ्नै हातले खाना खाइरहनुभएको छ । यो भनेको मोडिकल्लली निकै सुधार भएको अवस्था हो।’

प्रत्येक १० हजार मानिस मध्ये १–२ जनालाई ब्रेन ट्युमर हुने गरेको पाइन्छ । जसलाई ‘ब्रेनको क्यान्सर’ पनि भनिन्छ । चिकित्सकका अनुसार ट्युमर पलाउन थालेपछि टाउको दुख्छ ।

ट्युमरको साइज बढ्दै गएपछि नसा च्यापिने भएकोले एक पाटो कमजोर हुन्छ । अझै ठूलो हुँदै गएपछि वान्ता आउने, रिंगटा लाग्ने, बेहोस हुने जस्ता लक्षण देखिन्छन् ।

‘टाउको दुख्ने समस्यालाई लापरवाही गर्नुहुँदैन, सम्बन्धित चिकित्सककोमा जचाइहाल्नुपर्छ’, डा सापकोटा सुझाव दिन्छन्।

सामान्य भाषामा जराबाट र बिना जराबाट गरी दुई किसिमको ट्युमर हुन्छ। जराहाल्ने ट्युमर भन्नाले क्यान्सरलाई जनाउदछ । जराहाल्ने ट्युमर रहेछ भने पुनः फैलने सम्भावना हुन्छ। फैलन नदिन रेडियो थेरापी र किमो थेरापी गर्नुपर्ने उनले बताए।

निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले टाउको र दिमागको चोट, रगत जमेको, नशा दबेको, दिमागको ट्युमर, मासु पलाएको, मेरुदण्डको ट्युमर, टाउको दुख्ने, गर्दन दुख्ने, ढाड दुख्ने, मुर्छा पर्ने, मिर्गी आउनेलगायत शरिरको दुखाई हुने, झमझम गर्ने, ढाडको नसा च्यापिएको, हर्ट सम्बन्धि सेवा दिइरहेको अस्पतालले जनाएको छ।

ब्रेन ट्युमरको सफल उपचारबाट उत्साहित भएको बताउँदै अस्पतालका अध्यक्ष तिर्थराज पन्तले सुदूरपश्चिम प्रदेशमै पहिलो पटक ब्रेन ट्युमरको सफल शल्यक्रिया निसर्ग हस्पिटलले गरेको बताए ।

हिँजोको दिनमा टाउकोको सामान्य उपचारका लागि पनि बाहिर जानुपर्ने अवस्थामा यो सफलताले यहाँका बासिन्दामा पनि सकारात्मक सन्देश जाने अस्पतालले जनाएको छ। योसँगै ब्रेन ट्युमरको उपचारका लागि अब काठमाडौं, भरतपुरलगायत भारतका विभिन्न सहरमा यस क्षेत्रका बिरामीले धाउनुपर्ने बाध्यताको अन्त्य भएको अध्यक्ष पन्तले बताए।

साबित्री चौधरीका श्रीमान प्रदेश चौधरीले श्रीमतीको अवस्थामा सुधार आएकोमा खुशी पोखे। ‘टाउको दुखिरन्छ भन्थी, खाना रुच्दैन थियो, बाया पट्टीको हात र खुट्टा नचल्ने भएको थियो। अप्रेसनपछि पछि त सबै सुधार आएको छ। बोल्न, चल्न थालेको छ’, चौधरीले भने ।

‘टाउको दुख्ने समस्या धेरै भएपछि कोहलपुर गएर जाँच गर्दा टाउकाको अप्रेशन गर्नुपर्छ, काठमाण्डौ लानुपर्छ भन्ने सुझाव डाक्टरहरुले दिएका थिए। पछि कोरोना भाइरसका कारण कतै जान पाईएन, डाक्टरले लेखेको औधषी चलायौँ, तर निको भएन’, उपचारका लागि काकीलाई लिएर निसर्गमा आएका भतिजा (दाईको छोरा) ले भने, ‘यता पो राम्रो हुन्छ कि भनेर आयौँ, यहाँ अप्रेशन भएपछि त उहाँ निको हुनुभयो।’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo