धनगढी : कैलालीको गोदावरीमा रहेको पुरानो काठे पुलमा थ्रीडीभिएल क्रियसनले २१ वटा राष्ट्रिय झण्डा राखिएको छ । शनिवार युवाहरूले अत्तरिया चौराहाबाट २१ वटा झण्डासहित मोटरसाईकल र्याली निकालेर गोदावरीको पुरानो पुलमा पुगेर नेपाल झण्डा राखेका हुन् ।
उत्त राष्ट्रिय झण्डा राख्न सडक डिभिजन कार्यालय महेन्द्रनगर,गोदावरी नगरपालिका,शिव ट्रेडस,भुवनआज महता बेकरी,रुद्र अटोमोटिभ,नमादेब अटो वोर्क सप
नमादेब सेल्लताडा ट्रेड एन्ड सप्लायर्सले सहयोग गरेको छ ।
यस्तै हरि भट्टराई,बिर ब. कडायत ,कमल कडायत,नसिब साउद,बिनोद खत्रि,आशिष भट्टराई,हेम भण्डारीले सहयोग गरेका छन् ।
आजनै थ्रीडीभिएल क्रियसनले कुमारी बैंक अत्तरिया शाखा,अत्तरिया फुटवल एकेडेमीको सहयोगमा गोदावरी पुल वरपरी सरसफाइ पनि गरेको थ्रीडीभिएल क्रियसनका अध्यक्ष दिपक ओझाले जानकारी दिए ।
केहिदिन पहिले अज्ञात समुहले गोदावरीमा रहेको पुरानो पुलमा ८ फिट लम्बाइको झण्डा भाच्चिएको अवस्थामा र झण्डा फ्याकिएको अवस्थामा फेला परेको थियो ।
गत पुसमा थ्रीडीभिएल क्रियसन, नवादेव सेल्ताडा ट्रेड एण्ड सप्लायर्स र एसके हार्डवयरको सहयोगमा गोदावरीको पूरानो पुलमा झण्डा राखिएको थियोे।