विकास र समृद्धिका लागि न्यूनतम भौतिक पूर्वाधार आवश्यकता परिपूर्ति हुने गरी रणनीतिक तथा रुपान्तरणकारी विकास आयोजनाहरुलाई नेपाल सरकारबाट राष्ट्रिय गौरवका आयोजनाहरुको रुपमा छनोट गरी घोषणा गर्ने गरेको छ । राष्ट्रिय गौरवका आयोजनाको घोषणा नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयअनुसार गरिन्छ । सर्वप्रथम, आ.व. २०६८÷६९ मा १७ वटा आयोजनाहरुलाई राष्ट्रिय गौरवको सूचीमा समावेश गरियो । दोस्रोपटक, आ.व. २०७०÷७१ मा चारवटा, तेस्रोपटक आ.व. २०७५÷७६ मा एउटा, त्यसैगरी आ.व. ०७६÷७७ मा एक र आ.व. ०७७÷०७८ को बजेट वक्तव्यमार्फत ”महाकाली सिँचाइ आयोजनालाई गौरवको आयोजनाको रुपमा विकास गरिनेछ“ भनेसँगै नेपाल सरकारले हालसम्म चौबीसवटा आयोजनाहरुलाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा वर्गीकरण गरी कार्यान्वयनमा ल्याएको छ । यी आयोजनाहरु कार्यान्वयनका विभिन्न चरणमा छन् । जस मध्यको एक हो मेलम्ची खानेपानी आयोजना ।
काठमाडौं उपत्यकामा दिर्घकालीन रुपमा खानेपानी आपूर्ति गर्नका लागि विश्व बैंकको सहयोगमा सन १९७२ देखि नै अध्यायन सुरु गरिएको थियो । यसै सन्दर्भमा सन १९८४ मा परामर्शदाता कम्पनी द्यक्ष्ल्ल्क्ष् ७ एब्च्त्ल्भ्च्क् बाट उपत्यकामा खानेपानी आपुर्ती गर्न सम्भाव्य विभिन्न २२ वटा विकल्प अध्यायन गरिएको थियो । सन १९९२ मा परामर्शदाता कम्पनी एसएमएसी द्वारा गरिएको प्राविधिक र आर्थिक सम्भाव्यता अध्ययनका आधारमा उक्त २२ विकल्पहरुमध्ये मेलम्ची यांग्री र लार्केबाट दैनिक ५१ करोड लिटर खानेपानी आपुर्ति हुनसक्ने विकल्प सबैभन्दा उत्तम विकल्पका रुपमा पहिचान गरिएको थियो । उक्त आयोजना निजी पूँजी परिचालन गरी संञ्चालन गर्ने उद्देश्य सहित वि.सं. २०५३ सालमा मेलम्ची खानेपानी लिमिटेडको स्थापना गरियो । मेलम्ची खानेपानि आयोजनाको लागत धेरै भएको र यसका लागी एडिवि, जाईका, ओपेक, नर्वे, स्वीडेन लगाएतका अन्य दातृ निकायहरुबाट सहयोग प्राप्तहुन सक्ने देखिएको हुँदा वि.सं. २०५५ सालमा विकास समिति ऐन २०१३ बमोजिम मेलम्ची खानेपानी विकास समितिको गठन भएपश्चात एडिबिको ईन्जिनियरिं ऋण सहायता र नर्वे सरकारको अनुदान सहयोगमा आयोजनाको विस्तृत सम्भाव्यता र डिजाईन कार्यहरु सुरु गरियो । आयोजनाको कार्यान्वयनमा देखिएका चुनौती र समस्याहरु तथा समाधानका लागी विभीन्न सरोकारवाला निकायहरुबाट गरिएका प्रयासहरु विभिन्न समयमा भएका उपलब्धी सहित हाल आयोजनाको प्रथम चरणमा मेलम्ची नदीको पानी डाईभसन गरी दैनिक १७ करोड लिटर पानि आपुर्ति गर्ने कार्य यही आर्थिक वर्षभित्र सम्पन्न भएको छ ।
मेलम्ची खानेपानी आयोजनाको सुरु डिजाईन अनुसार प्रवेश मार्गहरु सुरुं तथा हेडवक्र्स सहिको मेलम्ची डाईभर्जन स्किम, सुन्दरीजलमा पानी प्रशोधन केन्द्र, काठमाडौँ उपत्यका भित्र थोक वित।ण प्रणाली, वितरण सञ्चाल सुधार र फोहर पानी प्रणाली सुधार लगायत मेलम्ची उपत्यकामा सामाजिक उत्थान कार्यक्रम, वातावरण व्यवस्थापन, पुनर्वास जस्ता कार्यक्रमहरु समावेश गरिएका थिए । आयोजनाको सुरुको लागत ४६४ मिलियन अमेरीकन डलर रहेकोमा उक्त लागतमा काठमाडौँको मनोहरा खानेपानी प्रणालीको खर्चसमेत समावेस गरीएको थियो । सन् २००५ मा आयोजनाबाट नर्वेजियन र स्वीडिस सहयोग फीर्ता गएपछि आयोजनालाई सन् २००८ मा पुनसंरचना गरी संञ्चालन गरीएकको छ ।
मेलम्ची खानेपानी आयोजना अन्तरगत काठमाण्डौं उपत्यकामा खानेपानी व्यवस्थापन सुधारका लागी थप खानेपानीको आपूर्ति, पुरानो खानेपानी प्रणालीको वृहत्तर पुनस्र्थापन र विस्तारका अतिरिक्त वितरण क्षमतामा व्यवसायिक दक्षता अभिवृद्धिका लागि संस्थागत सुधारका कार्यहरु समावेस गरिएका थिए । तर नर्वे र स्विडिस सहयोगको वहिर्गमनका कारण आयोजना सञ्चालनका लागि पर्याप्त आर्थिक स्रोत उपलब्ध हुन नसकेको र सुरु³ निर्माणको पूर्वसर्तको रुपमा रहेको व्यवस्थापन करार अन्तरगत निजी व्यवस्थापकको नियुक्ति गर्ने कार्य समेत अन्तिम अवस्थामा सम्पादन हुन नसकेका कारणले आयोजनाको पुनसंरचना गर्नुपर्ने भई आयोजना अन्तरगतका प्रमुख अवयवहरुको निर्माण सोचे अनुरुपको समयमा सुरु हुन सकेन । त्यस्तै साविकको नेपाल खानेपानी संस्थानको सट्टा कम्पनी ऐन अन्तरगत सार्वजनिक निजी साझेदारी सहितको केयुकेएलको स्थापना, महसुल निर्धारण आयोग र काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड सम्बन्धी ऐन तर्जुमा र उक्त निमायहरुको गठन जस्ता कार्यहरु सम्पन्न गर्न पनि समय लाग्न गएककोले सुरु³ निर्माणको कार्यमा थप ढिलाई हुन पुगेको थियो । आन्तरिक द्धन्द्ध, लगानीका स्रोतको कमी तथा एसियाली विकास बैँकसँग ऋण सम्झौतामा गरिएका प्रतिवद्धताहरु पुरा गरेर मात्र आयोजनाको वास्तविक निर्माण कार्य सुरु गर्न सकिने अवस्थाका कारण यस आयोजनाको मुख्य निर्माण कार्य सुरु नहुँदै ऋण सम्झौताको अवधि २००७ डिसेम्बरमा समाप्त भयो । यस अवस्थामा सन् २००८ को सुरुमा नेपाल सरकार तथा एसियाली विकास बैँकबीच आयोजनालाई पुर्नसंरचना गरी सञ्चालन गर्न सहमति भयो । यस बमोजिम आयोजनालाई दुई भागमा बाँडी सन् २०१३ भित्र सम्पन्न गर्ने लक्ष्य सहित आयोजनाको निमार्ण कार्य सुचारु गरियो । पुनसंरचना पश्चात् आयोजना सञ्चालन कार्यलाई दुई भागमा बाँडी सञ्चालन गर्न थालिएको थियो । यस अवधीमा काठमाण्डौंमा पानी ल्याउने कुरा कीर्तिनिधी बिष्ट प्रधानमन्त्री हुदा २०२८ सालमा सुरु भएको हो । २०५६ सालमा कृष्ण प्रसाद भट्टराइ प्रधानमन्त्री हुदा योजना सुरु भएको हो । २०५६ मा योजना सुरू हुदा सम्म १० जना प्रधानमन्त्री १७ पटक फेरीए ।। २०२८ देखी २०७७ सम्म काठमाण्डुमा पानीका सपना बाँढ्दै ३४ पटक सरकार परीवर्तन र १७ जना प्रधानमन्त्री फेरीएको देखिन्छ । योजना निर्माण सुरू भएको २०५६ पछि मात्रै पनि १३ जना प्रधानमन्त्री १९ पटक फेरीए । मेलम्चिको कुरा ९२०४८० उठे देखी हाल सम्म १४ जना प्रधानमन्त्री २५ पटक परीवर्तन भए । तर मेलम्चीको पानी काठमाण्डौं पुगाउन ओली सरकार नै चाहियो । २०७७ साल चैत्र २० गते आज राष्ट्रपतिले मेलम्चीको पानी उदघाटन गर्दै हुनुहुन्छ । यो एक ऐतिहासिक क्षण हो । (कीर्तिनीधि विष्ट, डा। तुलसी गिरी, सुर्यबहादुर थापा, नगेन्द्रप्रसाद रिजाल, लोकेन्द्रबहादुर चन्द, मरिचमान सिंह श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोईराला, मनमोहन अधिकारी, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, डा।बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला, केपी शर्मा ओली)
यस बिचमा कांग्रेस, कम्युनिस्ट र राजाले मेलम्चीलाई राजनीतिक दाउपेचको अखडा बनाए । तर मंगलबारको घटना सार्वजनिक भएपछि पनि त्यसप्रति कसैले चासो दिएको पाइँदैन । निर्माण सुरु भएदेखि नै विभागीय मन्त्रीले आयोजनाको साधनस्रोत दुरुपयोग गरेको आवाज सधैं उठ्दै आयो । कर्मचारी भर्ना, फेरबदल र ठेक्कापट्टाजस्ता विषयमा मन्त्रीको चासो बढेपछि मेलम्ची सधैं विवादमा आइरह्यो । हरेकजसो आमनिर्वाचनमा मेलम्चीको पानीको नारा राजधानीका सडकमा लेखिए । ०४८ सालदेखि बनेको नारा ०७७ सम्म घन्किरह्यो छ । पछिल्लो घटनाले फेरि कहिलेसम्म नारा बन्ने हो प्रतीक्षा गर्नुपर्ने भएको छ ।
राजनीतिक हस्तक्षेपकै परिणाम ०५५ सालयता यो वा त्यो बहानामा २२ वर्षमा आयोजनाको १३ जना कार्यकारी निर्देशक परिवर्तन भए । शाही शासनका बेला ९२०६१ सालपछि० तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन भौतिक योजनामन्त्री गोपालमान श्रेष्ठलाई मेलम्चीमा भ्रष्टाचारको अभियोगमा मुद्दा चलाइयो ।
पहिलो संविधानसभा निर्वाचनपछि माओवादीको एकलौटी सरकार रहँदा तत्कालीन भौतिक योजनामन्त्री हिसिला यमीले आफूलाई सहयोग नगरेको भन्दै आयोजनाका कार्यकारी निर्देशक सुमन शर्मालाई हटाएर हरेराम कोइरालालाई ल्याइन् ।
खानेपानी मन्त्री मगरले आफूलाई जबर्जस्ती सरुवा गरेको दाबी गर्दै तत्कालीन खानेपानी सचिव गजेन्द्रकुमार ठाकुरले पत्रकार सम्मेलन गरे । उनले मन्त्री मगरले ठेक्का तोडेर फर्कने क्रममा इटालियन ठेकेदार कम्पनी ९सीएमसी डी राभेन्या० लाई रकम भुक्तानी गर्न दबाब दिएको आरोप लगाए । उक्त विवादपछि मन्त्रीले ठाकुरलाई सरुवा गरेर नेपाल ट्रस्टको कार्यालयमा पठाएकी थिइन् ।
ठाकुर मेलम्चीको कार्यकारी निर्देशक भएका बेला स्थानीय विभिन्न समूहले मेलम्चीको साइट कार्यालयमा पालैपालो लगाएको ताला ७ महिनासम्म खुलेन । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सुरुङको शिलान्यास सुन्दरीजलबाट गरेको भन्दै स्थानीयले गरेको विरोधका कारण विभिन्न माग थपिँदै गएको थियो । स्थानीयले ठाकुरलाई हटाउनुपर्ने माग पनि राखेका थिए । बेलायती अन्तर्राष्ट्रिय संस्था बिन्नी एन्ड पाटनर्सले सिन्धुपाल्चोकको मेलम्ची खोलालाई काठमाडौं उपत्यकाको पानीको स्रोतका रूपमा पहिचान गरेको ३२ वर्ष बितेको छ । पानी राजधानी लैजाने योजनासहित विकास समिति गठन गरेर आयोजनाको समग्र भौतिक निर्माणको काम सुरु भएको पनि २० वर्ष नाघिसक्यो । सुरुङ बनाउन थालेको १२ वर्ष भयो । सुरुङ निर्माणमा तीनवटा कम्पनी फेरिएको छ । सुरुमा सन् २००९ मा चाइना रेल वे १५ ब्युरो ग्रुप जेभीले २०१३ मा पूरा गर्ने गरी काम सुरु गरेको थियो । तर उसले तीन वर्षमा चार किमि मात्रै सुरुङ निर्माण गर्यो । मासिक ७ देखि ८ सय मिटर सुरुङ ४ स्थानबाट निर्माण गर्नुपर्ने सर्तसहित ठेकेदारले ४ अर्ब २८ करोडमा ठेक्का सकारेको थियो । सर्तअनुसार सुन्दरीजल, अम्बाथान, ग्याल्थुम र सिन्धुबाट सुरुङ निर्माण सुरु गरे पनि स्थानीय विवाद, ठेकेदारको ढिलासुस्ती र राजनीतिक हस्तक्षेपजस्ता कारणले कामै नभई समय बित्यो । सर्तअनुसार काम गर्न पटक–पटक लिखित अनुरोध गरे पनि ठेकेदारले वास्ता नगरेको आयोजनाले बताउँदै आयो ।
काममा ढिलाइ भएपछि ०६६ साउनमा भौतिक योजना सचिव पूर्णप्रसाद कडरिया र तत्कालीन कार्यकारी निर्देशक हरिप्रसाद शर्मा चीनमै गएर ठेकेदारको बेइजिङ कार्यालयमा सुरुङ निर्माणलाई तीव्रता दिन लिखित अनुरोध गरेका थिए । भदौमा नेपाल आएको इन्टरनेसनल इन्जिनियरिङ कम्पनीका अध्यक्ष शाओ ज्याङजोङ नेतृत्वको टोलीले आयोजनालाई आफूहरूलाई तोकिएको समयभन्दा १ वर्ष बढी म्याद थपिदिन आग्रह गर्दै मासिक १ हजार मिटर सुरुङ निर्माण गर्ने बताएको थियो ।
तर उसबाट काम हुन नसकेपछि ०७० सालमा सम्झौता तोडेर इटाली कम्पनी ९सीएमसी० लाई ठेक्का दिइयो । ०७५ पुस १ मा सीएमसी एकतर्फी रूपमा सम्झौता तोडेर इटाली फर्किएपछि फेरि काम रोकियो । ०७६ असोजमा चीनको सिनो हाइड्रो कम्पनीलाई सुरुङ निर्माणको जिम्मेवारी दिइयो । सुरुङ र हेडवर्क्सको काम १५ महिनामा पूरा गर्ने गरी असोजमै सरकारसँग सम्झौता भएको थियो ।
मेलम्ची खानेपानी आयोजना काठमाण्डौ उपत्यकामा विद्यमान खानेपानीको समस्या समाधानका गर्न चरणबद्ध रुपमा दैनिक ५१ करोड लि. खानेपानी वितरणका लागि उपलब्ध गराउने बहुप्रतीक्षित आयोजना हो । यसले मेलम्ची र मण्डन उपत्यका मुहान क्षेत्र रहेको यस आयोजनाले ५ चरणमा गरी काठमाण्डौ उपत्यकाका करिब ३० लाख जनसङ्ख्यालाई खानेपानी उपलब्ध गराउनेलक्ष्य लिएकोछ । सिन्धुपाल्चोकको मेलम्चीबाट २६ कि.मि. सुरूङमार्फत पहिलो चरणमा दैनिक १७ करोड लिटर खानेपानी आपूर्ति गराउनेछ । यस आयोजनाले पहिलो चरणमा मेलम्ची नदी डाइभर्सन गरी दैनिक १७ करोड लि. पानी पथान्तरण गर्ने र दोस्रो चरणको कार्यक्रमअन्तर्गत याङ्ग्री र लार्के नदीबाट दैनिक थप १७÷१७ करोड लिटर थप ३४ करोड लिटरसमेत गरी जम्मा ५१ करोड लिटर पानी थप २ वटा सुरूङ मार्ग निर्माण गरी प्रथम चरणको सोही २६ कि.मि. लामो सुरूङ मार्गबाट काठमाण्डौ उपत्यकामा वितरण गर्ने र थप ३४ करोड लिटरको पानी प्रशोधन केन्द्र निर्माण गरिने लक्ष्य रहेको छ ।
धर्मराज तिमिल्सीना