KhabarUjyalo

जनताले गलत गरे दण्डित हुनु पर्ने तर राज्यमा बसेका शासकले कानुन नमान्नु दुर्भाग्य:डा.भिमार्जुन

१९ चैत्र २०७७, बिहीबार
जनताले गलत गरे दण्डित हुनु पर्ने तर राज्यमा बसेका शासकले कानुन नमान्नु दुर्भाग्य:डा.भिमार्जुन

धनगढी : संविधानविद डा.भिमार्जु आचार्यले नागरिकले गलत गरे दण्डित हुनु पर्ने तर राज्यमा बसेका शासकले कानुन नमान्नु दुर्भाग्य रहेको बताएका छन् ।

बिहिवार एक टेलिभिजनमा अन्तर्वार्ता दिदै डा.आचार्यले नागरिकले गलत गरे तुरुन्त दण्डित र सजाय भोग्नु पर्ने तर राज्यमा बसेका जिम्मेवार ब्यक्ति प्रधानमन्त्री,राष्ट्रपति,उपराष्ट्रपति,मन्त्रीले कानुन,संविधान अनुरुप दण्डित नहुनु दुर्भाग्य रहेको बताए ।

जुन प्रधानमन्त्री संसद विघटन गर्छ फेरि उहीँ प्रधानमन्त्री बसि राख्न सक्छ, प्रश्न गरे । जसको कदमलाई अदालतले असंबैधानिक घोषणा गरिसकेपछि तुरुन्त राजिनामा दिनु पर्ने हो उनले बताए ।
प्रधानमन्त्री केपि शर्मा ओलिले चैत २३ गते संसदमा बिश्वास मत लिनु पर्ने पनि बताए ।
फाल्गुन २३ गतेको सर्बोच्च अदालतको फैसला कानुनगत भन्दापनी राजनैतिक प्रभावबाट प्रभावित भएको टिप्पणी गरे ।
फाल्गुन २३ गते सर्वोच्च अदालतले ऋषि कट्टेल अध्यक्ष रहेको नेकपा पार्टीलाई मान्यता दिदै एमाले र माओवादी केन्द्र साविकै पार्टी रहेको फैसला गरेको थियो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo