KhabarUjyalo

युक्रेनमा बलात्कारका घटना बढेपछि दातृ संस्थाले गर्भनिरोधक चक्की वितरण गर्दै

१७ बैशाख २०७९, शनिबार
युक्रेनमा बलात्कारका घटना बढेपछि दातृ संस्थाले गर्भनिरोधक चक्की वितरण गर्दै

रुसी आक्रमणको सामना गरिरहेको युक्रेनमा बलात्कारका घटना बढेपछि गर्भनिरोधक चक्की वितरण गर्न थालिएको छ । बलात्कारका घटना अत्याधिक बढेपछि बलात्कृत किशोरी तथा महिलाहरुले अनिच्छित गर्भको पनि सामाना गर्न नपरोस् भनेर दातृ संस्थाहरु आपत्कालीन गर्भनिरोधक चक्की पिल्स उपलब्ध गराउन लागिपरेका बीबीसीले जनाएको छ ।

इन्टरनेसनल प्लान्ड प्यारेन्टहुड फेडेरेसनले झण्डै तीन हजार प्याकेट पिल्स उपलब्ध गराएर स्वयम्सेवकहरुले बाँढीरहेका छन् । बलात्कारको कारण गर्भवती बन्नु अभिशाप जस्तै हुने भएकोले पिल्स वितरणलाई जोड दिइएको वितरण कार्यमा संलग्न क्यारोलिन हिक्सनले बताउनुभएको बीबीसीले जनाएको छ । किशोरी तथा महिलाहरु बलात्कारमा परेको पाँच दिनभित्र सम्पर्कमा आएमा स्वयंसेवकले नै पिल्स दिने गरेको र ढिला गरी आएकाहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा पिल्स दिने गरेको उहाँले बताउनुभयो ।

अहिले वितरण भइरहेको चक्की  गर्भाधारण भएको २४ हप्तासम्म प्रयोग गर्न सकिन्छ । युक्रेनमा युद्ध शुरु भएपछि संयुक्त राष्ट्र संघको जनसंख्या कोषले पनि मातृत्व सम्बन्धी औषधि उपलब्ध गराइरहेको छ ।   

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo