२० असार २०७९, सोमबार

कहाँ छन् विप्लव ?काठमाडौ ल्याउन हेलिकोप्टर ‘स्ट्यान्डबाई’

२० फाल्गुन २०७७, बिहीबार
[Sassy_Social_Share]
कहाँ छन् विप्लव ?काठमाडौ ल्याउन हेलिकोप्टर ‘स्ट्यान्डबाई’


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई काठमाडौं ल्याउन सरकारी पक्षले हेलिकोप्टर ‘स्ट्यान्डबाई’ राखेको छ । उच्च स्रोतका अनुसार एक निजी कम्पनीको हेलिकोप्टर ‘स्ट्यान्डबाई’ राखिएको हो ।

सरकार र विप्लव समूहबीच आज भएको तीनबुँदे सहमतिपछि विप्लव सार्वजनिक हुने भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले भोलि राजधानीमा एक कार्यक्रमलाई संयुक्त रूरुपमा सम्बोधन गर्ने कार्यक्रम छ । विप्लव कहाँ छन् भन्ने खुलाइएको छैन ।

स्रोतले भन्यो, “विप्लवलाई ल्याउन हेलिकोप्टर तयारी अवस्थामा छ । उनी कहाँ छन् थप जानकारी छैन । भोलि सबै कुरा खुल्नेछ ।”

विप्लव पछिल्लो तीन वर्षयता सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । तर, पार्टीनिकट सञ्चारमाध्यमलाई भने उनले अन्तर्वार्ता दिँदै आएका थिए । विप्लव समूहमाथि ओली नेतृत्वको तत्कालीन सरकारले नै ०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo