KhabarUjyalo

बिनोद र ब्रेन ह्याम्रेज पीडित श्रीमतीको जीवन घटना “जिन्दगीले ठग्यो” गित युट्युबको ट्रेन्डिङ्ग १ मा !

२० फाल्गुन २०७७, बिहीबार
बिनोद र ब्रेन ह्याम्रेज पीडित श्रीमतीको जीवन घटना “जिन्दगीले ठग्यो” गित युट्युबको ट्रेन्डिङ्ग १ मा !

धनगढी : गुल्मीका बिनोद खडका र श्रीमती अनिता खडकाले भोग्नु परेको वास्तविक जिबनघटनामा बनेको नयाँ गित “जिन्दगीले ठग्यो” अहिले युट्युबको ट्रेन्डिङ्गको १ नम्बरमा पुगेको छ । लेकसाइड टिभीको युट्युब च्यानलबाट सार्वजनिक भएको उत्त म्युजिक भिडियो अहिलेसम्म १२ लाख २ हजार भन्दा बढीले हेरिरहेका छन् ।

गुल्मी धुर्कोट पिपलधाराका बिनोदकि श्रीमती अनिताको ब्रेन हयाम्रेज भएर केही बर्षदेखी अस्पतालमा उपचाररत छिन् । काठमाडौँको नेचुरोपेथी अस्पतामा अहिले अ एक वर्ष अघिको जेठ २९ गते उनले टाउको दुख्यो भनेपछि चेकजाच गर्दा उनलाई ब्रेन हयाम्रेज भएको थाहा भयो । उपचारका लागि लडनमा लागि धेरै प्रयास गरेका बिनोदले आर्थिक स्थिति कमजोर र नेपालमै अस्पतालमै उपचार गराउदा लाखौं रकम सकिसकेको छ । काठमाडौको नेचुरोपेथीमा उपचाररत अनिता खड्काको अहिले स्वास्थ्यमा सुधार हुदै आएको छ ।

उनै श्रीमान बिनोद खड्का र श्रीमती अनिता खड्काको वास्तविक कथामा आधारित “जिन्दगीले ठग्यो” बोलको गीत युट्युबमार्फत विभिन्न सामाग्री बनाएर अनिताको बचाउमा लागि सहयोग गर्दै आएका सबिन क्षेत्रीले लेकसाइड टिभीको युटुब च्यानलबाट रिलिज गरेका हुन ।

गीतमा लोकप्रिय गायक रेशम निर्दोष र गायिका सुनिता बुढाक्षेत्रीको सुमधुर आवाज रहेको छ। गीतका कारुणिक शब्द नेत्र अर्यालले लेखेका हुन् भने संगीत महेन्द्र भण्डारीले गरेका छन् ।

भिडियोमा कलाकार रुबिना अधिकारी , बिनोद खड्का र अनिता खडका फिचर्ड छन् । उनीहरूको जीवन्त अनि कारुणिक अभिनय भिडियोमा देख्न सकिन्छ।

भिडियोलाई बिनोद भण्डारीले निर्देशन गरेका हुन् । राजेश घिमिरेले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् ।

म्युजिक भिडियोबाट कमाईएको रकम अनिताको उपचारमा खर्च गरिने छ । अनिताको उपचारमा सक्दो सहयोग गरिदिन पनि बिनोद खड्काले आग्रह गरेका छन् । उनले भने-‘ तपाईको थोरै सहयोगले अस्पतालको शैयामा पीडामा रहेकी श्रीमतीको उपचारमा ठूलो सहयोग हुनेछ, सहयोगीहरुलाई धन्यवाद,।’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo