Khabar Ujyalo

कञ्चनपुरमा मेडिकलमा लागुऔषध बिक्री गरेको आरोपमा एक जना पक्राउ

१९ फाल्गुन २०७७, बुधबार
कञ्चनपुरमा मेडिकलमा लागुऔषध बिक्री गरेको आरोपमा एक जना पक्राउ

कञ्चनपुरमा हेल्थ केयर मेडिकलमा लागुऔषध बिक्री गरेको आरोपमा एक जना पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका – ५ गुलरियामा हेल्थ केयर मेडिकल सञ्चालन गर्दै आएका ३० वर्षीय चक्रबहादुर चौधरी लागुऔषध सहित पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले गोप्य सूचनाको आधारमा खानतलासी गर्दा उनको साथबाट ट्रामाडोम जस्तो देखिने हरियो रङ्गको ६ सय वटा क्याप्सुल बरामद गरिएको बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.