Khabar Ujyalo

भुईँमा बसेर प्रसाद लिँदै गरेको राजेश हमालको त्यो तस्विर !

१७ फाल्गुन २०७७, सोमबार
भुईँमा बसेर प्रसाद लिँदै गरेको राजेश हमालको त्यो तस्विर !

काठमाडौं । महानायक राजेश हमाल सरल, बौद्धिक र आध्यात्मिक व्यक्तित्वका रुपमा समेत नेपाली समाजमा परिचित छन्। उनको सरल स्वभावलाई धेरैले मन पराउँछन्।

महानायक हमाल शनिबार पत्नी मधु भट्टराईसँगै बुढानीलकण्ठ पुगे। शिवपुरीको फेदमा रहेको अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) मन्दिरमा भगवान कृष्णको दर्शनको लागि हमाल सपरिवार पुगेका थिए। त्यहाँ उनले केही समय बिताए। इस्कोन भक्त हरूसँग हरेकृष्ण महामन्त्रमा रमाए। भगवान कृष्ण र श्रीमद भागवत गीताबारे सुने। दिउसो इस्कोन मन्दिरमै उनले भुईँमा बसेर भक्तजनसँग प्रसाद ग्रहण गरे।

उनले भुईँमा बसेर प्रसाद लिँदै गरेको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनको छ। 

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.