KhabarUjyalo

सिपि अस्पतालद्वारा सार्वजनिक सुनुवाई कार्यक्रम

२७ फाल्गुन २०८०, आईतवार
सिपि अस्पतालद्वारा सार्वजनिक सुनुवाई कार्यक्रम

धनगढी । धनगढीस्थित सि.पि. अस्पतालले सार्वजनिक सुनुवाई गरेको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर-३ मा निर्माणाधिन अस्पतालमा प्रभावित क्षेत्रका स्थानीयहरुको राय सुझाव लिइ अस्पतालले सार्वजनिक सुनुवाई गरेको हो ।

सुनुवाइ कार्यक्रममा स्थानीयहरुले रोजगारीका लागि त्यस क्षेत्रका मानिसलाई प्राथमिकता दिनुपर्ने, फोहोर व्यवस्थापन र सरसफाईमा अस्पतालले ध्यान दिनुपर्ने, सामाजिक कार्यमा लगानी गर्नुपर्ने लगायतका सुझाव राखेका थिए ।

अस्पतालले सुनुवाइबाट आएका सुझावहरूलाई ग्रहण गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेको थियो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo