KhabarUjyalo

अलरेश हेल्थको आयोजनामा स्वयम्भूमा रक्तदान

March 2, 2024
अलरेश हेल्थको आयोजनामा स्वयम्भूमा रक्तदान

काठमाडौं । स्वयम्भूमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार अलरेश हेल्थको आयोजना र ब्लोदान काठमाडौ मध्ये क्षेत्रको सह-आयोजकमा स्वयम्भूमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेको अलरेश हेल्थ संस्थाका निर्देशक तथा गायक सुरेश लामाले जानकारी दिए ।

अस्पतालमा बिरामीहरुलाई रगतको कठिनाइलाई मध्य नजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका निर्देशक लामाले जानकारी दिए ।

गायक सुरेश लामा पछिल्लो समय समाजसेवामा कार्यमा सक्रिय रहेका छन् ।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo