KhabarUjyalo

नामिबियाविरुद्ध नेपालको जित

१८ फाल्गुन २०८०, शुक्रबार
नामिबियाविरुद्ध नेपालको जित

काठमाडौं- त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको छ । कीर्तिपुरको टीयू मैदानमा भएको खेलमा नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै केबल १ सय ७७ रनमा समेटियो ।

नामिबियाका जेजे स्मिटले ५० रन प्रहार गरे । त्यसैगरी, जान फ्राइलिङ्कले ३७ रन बनाए । नेपालका करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो । खेलमा कुशल मल्लले ५५ रन बनाए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo