KhabarUjyalo

डोटिमा रहेको भगवति आधारभुत बिधालयले होलिमा ६ लाख भन्दा बढी रकम संकलन

१६ चैत्र २०७७, सोमबार
डोटिमा रहेको भगवति आधारभुत बिधालयले होलिमा ६ लाख भन्दा बढी रकम संकलन

धनगढी : डोटी जिल्ला शिखर नगरपालीका ११ मा रहेको भगवति आधार बिधालयले आयोजना गरेको होलीमा लगभग मल्लीसातका १५० घरदुरी बाट जम्मा ६ लाख ६१ हजार ७ सय ८६ रुपैयाँ सङकलन भएको छ ।

सबै भन्दाबढि रकम दिनेमा स्थानिय तथा उक्त बिधालयका प्र.अ दिपक बोहरा रहेका हुन । टप १० भित्र रकम दिनेमा भगवती आधारभुत बिधालयका प्र.अ दिपक बोहराले ५० हजार ५ सय ५ , उक्त बिधालयका ब्यबस्थापन समितिका अध्यक्ष कर्ण सीं बिष्टले ३२ हजार ६ सय ५ , उक्त बिधालय कै शिक्षक रमेश बोहराले २७ हजार ५ सय ५५ , स्थानिय खडक बोहराले २५ हजार २० , शिक्षिका हिमा खड्का बोहराले २५ हजार ५ , शिक्षक गोरख ओझले १६ हजार १ सय ५ , स्थानिय भिम खत्रीले १५ हजार ५ सय ५५ , स्थानीय तथा घन्टेश्वर आधारधुतका शिक्षक गणेश रावलले ११ हजार १ , भगवती आधारभुतका शिक्षक जोग बोहराले १० हजार १ सय र नेपाल कम्युनिष्ट पार्टी डोटी जिल्ला कमिटी सदस्य तथा स्थानिय हिक्मत बिष्टले १० हजार ५५ रुपैयाँ दिएका छन् ।

३ दिन सम्म चलेको उक्त होलीमा भगबती आधारभुत बिधालयका बिध्यार्र्था र मल्लिसातका स्थानिय गरेर लगभग ७ सय जनाको उत्साहजन सहभागीता रहेको थियो । प्रायः भगवती आधारभुत बिधालयको आयोजनमा मनाउदै आएको होली यो बर्ष भने अरु बर्ष भन्दा रोमान्चक बनेको होली खेली रहेका केही स्थानियले बताए ।
सधैँका बर्ष आयोजन गर्ने उक्त होली बाट उठेको रकम निजि स्रोतमा राखीएका शिक्षहरुलाई दिइने गरेको छ । भगवती आधारभुत बिधालय नर्सरी देखी आठ सम्म रहेको छ । अबको केही दिन मै कार्यक्रम राखेर ५ हजार भन्दा माथि रकम दिनेलाई सम्मान गरीने र होलीलाई सफल बनाउन सहयोग गर्ने बिध्यार्थी स्थानिय लाई प्र.अ तथा भगवती आधारभुत आयोजक समितिले धन्यवाद ज्ञापन गरेको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo