धनगढी : सुदूरपश्चिम प्रदेशमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार सेती अस्पतालको प्रयोगशाला र डोटी अस्पतालको प्रयोगशालामा २७ नमूना परीक्षण गर्दा ५ जनामा मात्र कारोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
सेती अस्पतालको प्रयोगशालामा २० नमूना परीक्षण गर्दा ३ जनामा र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ४ जनाको नमूना परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ हजार ७६ पुगेको छ। प्रदेशभर संक्रमण पुष्टि भएका १३ हजार ८ सय ६५ जनाले कोरोना जितेका छन्।