KhabarUjyalo

भारतबाट गौरीफन्टा नाका भएर आएका ११ जनामा कोरोना पुष्टि

११ चैत्र २०७७, बुधबार
भारतबाट गौरीफन्टा नाका भएर आएका ११ जनामा कोरोना पुष्टि

धनगढी : भारतका विभिन्न शहरबाट गौरीफन्टा नाका हुँदै कैलाली प्रवेश गरेका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो ४-५ दिनमा गौरीफन्टा नाका भएर कैलाली प्रवेश गरेका ११ जनामा संक्रमण पुष्टि भएको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालले ११ जनामा संक्रमण देखिएको पुष्टि गरे । भारतबाट फर्किरहेका नेपालीमा संक्रमण देखिन थालेपछि सतर्कता बढाइएको छ ।

यस्तै पश्चिमी सीमा नाका गड्डचौकी र डोके बजार भएर भारतबाट स्वदेश फर्कने यात्रुहरुको एन्टिजेन विधिबाट कारोना परीक्षण सुरु गरिएको छ। सीमा नाकाको हेल्थ डेस्कमा स्वास्थ्यकर्मीको व्यवस्था गरी परीक्षण सुरु गरिएको हो।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo