KhabarUjyalo

पक्राउ गरेर खोरमा राखिएको बाघ भाग्यो, सजग रहन निकुञ्जको आग्रह

१० चैत्र २०७७, मंगलवार
पक्राउ गरेर खोरमा राखिएको बाघ भाग्यो, सजग रहन निकुञ्जको आग्रह

नेपालगञ्ज, चैत १० गते । बाँके राष्ट्रिय निकुञ्जको नियन्त्रणमा रहेको नरभक्षी पाटेबाघ मंगलबार भागेको छ । बर्दियामा मान्छेलाई आक्रमण गर्दै आएको उक्त बाघलाई नियन्त्रणमा लिई बाँके राष्ट्रिय निकुञ्जको टाईगर होल्डिङ सेन्टरमा राखिएको थियो ।

बर्दियाबाट बाँके ल्याएर राखेको बाघ होल्डिङ सेन्टरको खोरबाटै भागेपछि निकुञ्जले जंगलभित्र नजान र सतर्क रहन स्थानीयलाई आग्रह गरेको छ ।

बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकृत महेश न्यौपानेले बाघ भागेको जानकारी आएको बताउनुभयो ।
आफूहरु बाघलाई राखिएको खैरीस्थित टाईगर होल्डिङ सेन्टरको अनुगमन गर्न जान लागेको बताउँदै न्यौपानेले बाघ कसरी भाग्यो भन्ने बारे यकिन जानकारी नभएको बताउनुभयो ।

गत बिहीबार बर्दियाबाट बाँकेमा ल्याईएको बाघले बर्दिया राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रका धेरै स्थानीयलाई आक्रमण गरेको थियो । बाघको आक्रमणमा परेर बर्दिया जिल्लामा यो वर्ष मात्रै नाै जनाले ज्यान गुमाइसकेका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo