धनगढी : श्रीकृष्ण होलि समिती बोराडाडीले क्यान्सर पिडित नरेश मडैलाई आर्थिक सहयोग गरेको छ । सोमबार समितिका अध्यक्ष नित्यानन्द जोशी,सचीव सिद्धराज पनेरु र कोषाध्यक्ष लक्ष्मिकान्त पाण्डेयले क्यान्सर पिडितकि श्रीमती हिरा मडैलाई १० हजार सहयोग हस्तान्तरण गरेका हुन् ।
डडेल्धुरा भागेश्वर गाउपालिका २ रुपाल घर भएका क्यान्सर पीडित मडैको उपचार खर्च जुटाउन परिवारलाई मुस्किल भएको छ । उपचारमा केही राहत स्वरुप श्रीकृष्ण होलि समितीले सो रकम सहयोग गरिएको समितीका सचिव सिद्धराज पनेरुले जानकारी दिए ।
पुराना संस्कृति गौरा,होलि संरक्षण लगायत विभिन्न सामाजिक कार्य गर्दै आएको छ । २०६१ साल डडेल्धुराको रुपाल घर भई धनगढी बसोबास गर्दै आएका रुपालीहरुले रुपाली होलि समिती गठन गरेका थिए । २०६५ साल नाम परिवर्तन गर्दै श्रीकृष्ण होलि समिति राखेका छन् ।