KhabarUjyalo

अत्तरियामा रहेको मल्सीमि एकेडेमीको चौथो वार्षिक उत्सव कार्यक्रम तथा योग शिविर सम्पन्न

९ चैत्र २०७७, सोमबार
अत्तरियामा रहेको मल्सीमि एकेडेमीको चौथो वार्षिक उत्सव कार्यक्रम तथा योग शिविर सम्पन्न

अत्तरिया – कैलालीको अत्तरियामा रहेको मल्सीमि एकेडेमीको योग विज्ञान शिविर तथा चौथो वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । गोदावरी नगरपालिका –१ मा रहेको रहेको एकेडेमीको योग विज्ञान शिविर तथा चौथो वार्षिक उत्सव कार्यक्रम आइतबार भब्य रुपमा सम्पन्न भएको हो ।

बिधालय व्यवस्थापन समिति सदस्य तथा प्रेस चौतारी नेपालका सूदुरपश्चिम संयोजक नवराज भण्डारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका पतंजली योगपिठ नेपाल महिला समितिकी केन्द्रिय प्रभारी साध्वी देवा दिती प्रमुख अतिथी रहनुभएको थियो ।

कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै बिधालयका प्रिन्सिपल धर्मदेव नौन्यालले बिधार्थीहरुको पढाई लेखाई मात्र नभएर यो देशमा एउटा असल र चरित्रवान व्यक्ति उत्पादन गर्ने उद्देश्यका साथ विद्यालयको स्थापना गरिएको बताए ।

उनले बिधालयले आफ्नो बार्षिक उत्सवका साथै विद्यार्थीहरुमा नैतिक शिक्षाको पाठ दिन र योगका विषयमा पनि जानकारी गराउनका लागि योग शिविर समेत संचालन गरेको बताए ।

अहिले धेरै ब्यक्तिहरु शिक्षाको पहुँचमा रहेको भएपनि धेरै बालबालिकाहरुले राम्रो संस्कार पाउन नसक्दा भबिष्य नै अन्यौलमा बालबालिकाहरुलाई पढाईका साथै एक असल ब्यक्ति , संस्कारी ब्यक्ति बनाउन आजको आवश्यकता रहेको उनको भनाई छ । यसका लागि ज्ञान , योग र ध्यानमा बढि भन्दा बढि ध्यान दिनुपर्दछ उनले भने त्यसैले पनि हामीले योग प्रशिक्षणलाई अनिवार्य बनाएका छौ ।

उनले शिक्षा भन्दा पहिला संस्कार र भगवान भन्दा पहिला जन्मदिने आमाबुवा भन्ने मान्यतालाई आत्मसाथ गरे जिवनमा कहिल्यै दुख नआउने जिवन सुखमय बित्ने बताएका छन् । बिबिध सांस्कृतिक प्रस्तुती सहित सम्पन्न भएको कार्यक्रममा कक्षा ८ को नगर स्तरिय परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र आफ्नो विषयमा शतप्रशित उत्कृष्ट नतिजा प्रदान गर्ने शिक्षकहरुलाई सम्मान गरिएको थियो ।

यस्तै बार्षिकउत्सको अबसरमा आयोजित विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पनि पुरस्कार बितरण गरिएको थियो ।

सोही कार्यक्रममा पतंजली योग पिठ हरिद्धारका आजिवन सदस्य तथा योग गुरु ईन्द्रदेव भट्टराई र पतंजली योग समिति अत्तरियाकी योग गुरु कौशिला खर्कवाललाई सम्मान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन शिक्षक त्रिलोक पनेरुले गरेका थिए । २०७३ सालमा स्थापना भएको सो विद्यालयमा अहिले कक्षा ९ सम्म पढाई हुदै आएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo