धनगढी :नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निजगढ विमानस्थलको विकल्प खोज्नुपर्ने भन्दै युवाहरुले काठमाडौंमा गरेको प्रदर्शनलाई इङ्गित गर्दै आँखाभरि अमेरिका देख्नेले एअरपाेर्ट नबनाउ भनेको बताएका छन् ।
उनले शनिबार बिहान ट्विट गर्दै “फँणिल,जामुनु र क्यामुनु,बयर र पानीअमलाकाे रुख र झ्याङ नदेखेकाले वनकाे महत्व बुझ्नु राम्रो हाे।त्यति जाबो कुरा भन्न एक हेक्टर खर्कमा भाेटे टिम्बुर र चुत्रो खेती गर्न पुग्ने खर्च प्रदर्शनी तालिम कै लागि गरेछन।आँखाभरि अमेरिका देख्नेले एअरपाेर्ट नबना रे।विचरा!एन जि ओ का विकास दुःख।”