२२ असार २०७९, बुधबार

गायक भीम बिसी र गायिका एलिना चौहानले ल्याए नयाँ गीत ‘ऐना हेरी हेरी’ (भिडियो)

५ चैत्र २०७७, बिहीबार
[Sassy_Social_Share]
गायक भीम बिसी र गायिका एलिना चौहानले ल्याए नयाँ गीत ‘ऐना हेरी हेरी’ (भिडियो)

धनगढी : संगीतकार तथा गायक भीम बिसी र पछिल्लो समयकी चर्चित गायिका एलिना चौहानको स्वरमा रहेको नयाँ गीत ‘ऐना हेरी हेरी’ सार्वजनिक भएको छ । लेखक तथा पत्रकार शिवराज योगीले रचेका शब्दमा बिसीले संगीत भरेका छन् ।

उच्च क्वालिटीमा तयार पारिएको गीतको म्युजिक भिडियोको निर्देशन र सम्पादन भने अहिलेका चर्चित निर्देशन प्रविन भट्टले गरेका हुन् । गीतको एरेन्ज विश्व अधिकारीले गरेका छन् भने अजय रेग्मीले छायाङ्कन गरेको भिडियोमा गायिका एलिना र बिसी आफैले अभिनय गरेका छन् । गीतको भिडियोमा सरोज बुढाथोकीको श्रृङ्गार र कुशुम श्रेष्ठको पहिरन छ ।

सहायक निर्देशक सागरबाबु भट्ट रहेको गीत गायक बीसीले आफ्नै अफिसियल युटुब च्यानल भीम बिसी अफिसियलबाट सार्वजनिक गरेका हुन् । छुट्टिएर टाढा बस्न बाध्य पे्रमिल जोडीको मार्मिक कथालाई गीत उतारिएको छ । माया, प्रेम र प्रमिल मान्छेको साथ भएन भने धनले मात्रै मान्छे खुशी र शुखी हुँदैन भन्ने भाव गीतमा समेटिएको छ ।

 गीत कारुणिकमात्र होइन आधुनिक प्रविधि र लयमा निर्माण भएकाले धेरैले रुचाउने विश्वास भीम बिसीले व्यक्त गरे ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo