धनगढी : स्थानीय कलाकारको अभिनय रहेको नयाँ टेलिश्रंखला ‘दुर्भाग्य’ सार्वजनिक भएको छ ।
कलाकार दलबहादुर बोगटी,मेघा भट्ट,दीर्घ शाही,पुस्पा बडैला,मनिष बिष्ट,नरेन्द्र धामी,हेमन्त महरा,ज्योति सिंहले अभिनय गरेका छन्
टेलिश्रंखलाको निर्देशक/कथा लेखन चन्द्र थापा र बिजय जोशी रहेका छन् । म्युजिक शिशिर साधकको रहेको छ । सम्पादन टेक बम र मनोज रावतले गरेका छन् । टेलिश्रंखला सुदूर टाईम्स अनलाइनको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । हरेक साताको मंगलबार राती ९:१५ बजे एसटिएस टेलिभिजनमार्फत प्रसारण हुने टेलिश्रंखला निर्देशक चन्द्र थापाले बताए ।