१८ असार २०७९, शनिबार

कैलालीमा डीआईजीका अंग रक्षकसहित ५ जना जुवाडे पक्राउ, ३ लाख बढी नगद बरामद

४ चैत्र २०७७, बुधबार
[Sassy_Social_Share]
कैलालीमा डीआईजीका अंग रक्षकसहित ५ जना जुवाडे पक्राउ, ३ लाख बढी नगद बरामद

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक सहित ५ जना जुवाडे कैलालीबाट पक्राउ परेका छन्। उनिहरुबाट ३ लाख ३४ हजार नगद बरामद गरेको छ ।

गोदावरी नगरपालिका – १० को खमौरास्थित जंगलमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका  सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीका अंग रक्षक समेत रहेका प्रहरी सहायक निरीक्षक पुस्कर भट्टसहितका ५ जनाको विवरण सार्वजनिक गरेको हो।  

धनगढी उप–महानगरपालीका वडा नम्बर ३ बस्ने ४५ वर्षीय डबल चन्द, वडा नम्बर ४ बस्ने ३० वर्षीय बालकृष्ण पनेरु, गोदावरी नगरपालिका ५ बस्ने ४० वर्षीय टेक बहादुर बिष्ट र कञ्चनपुरको भिमदत्त नगरपालीका ४ बस्ने ३७ वर्षीय सन्तोष चन्द रहेको कैलाली प्रहरीले जनाएको छ । उनिमाथी थप अनुसन्धान भैइरहेको कैलाली प्रहरीले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo