काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरु सहभागी रहेका छन् ।
एमालेका वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल भने कार्यव्यस्तताको कारण देखाउँदै बैठकमा सहभागी भएनन् । जसपाका नेता बाबुराम भट्टराई स्वास्थ्य अवस्थाका कारण बैठकमा सहभागी हुन नसकेको बताइएको छ ।
बैठकमा नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी लगायत बैठकमा सहभागी रहेका छन् ।