KhabarUjyalo

अत्तरियामा चैत २६ देखि प्रदेश स्तरिय गोदावरी मेयर कप भलिबल प्रतियोगिता हुने

१० चैत्र २०७८, बिहीबार
अत्तरियामा चैत २६ देखि  प्रदेश स्तरिय गोदावरी मेयर कप भलिबल प्रतियोगिता हुने

अत्तरिया :  कैलालीको अत्तरियामा दोस्रो संस्करणको प्रदेश स्तरिय गोदावरी मेयर कप भलिबल प्रतियोगिता हुने भएको छ । गोदावरी नगरपालिकाको मुख्य प्रर्वद्धनमा गोदावरी १ मा रहेको न्यु सृजनशिल युवा क्लव (सिवाईसी) अत्तरियाको आयोजनामा यहि चैत २६ गतेदेखी ३० गते सम्म उक्त प्रतियोगिता हुने भएको हो ।

आयोजक सिवाईसीले बिहीबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गरी कोरोनाका कारण रोकिएको प्रतियोगीताको दोस्रो संस्करण बारे जानकारी दिएको छ । प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका जुनसुकै टिमहरुले पनि सहभागीता जनाउन पाउने खेल संयोजक विक्रम विष्टले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख ५ हजार ५ सय ५५ रुपैया, दृृतिय टिमले नगद १ लाख ५ हजार ५ सय ५५ रुपैया र तृतिय हुने टिमले ३५ हजार ५ सय ५५ रुपैया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक विष्टले जानकारी दिए । त्यस्तै प्रतियोगीतामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद रु. १० हजार तथा उत्कृष्ट सरभर, स्पाईकर, लिफ्टर, ब्लकर, डिफेन्डर र उदयीमान खेलाडीलाई नगद रु. ५/५ हजार पुरस्कार दिईने खेल संयोजक विष्टले बताए । प्रतियोगीताको प्रत्येक खेलहरुमा २ राष्ट्रियस्तरका खेलाडी तथा विभागीय खेलाडीहरुलाई समावेश गर्न सकिने बताइएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo