धनगढी-धनगढीमा मेयर, उप–मेयर प्याब्सन कप छात्रछात्रा प्रतियोगिता सुरु भएको छ । मंगलबार संघीय प्रहरी इकाई कार्यालय धनगढीको खेल मैदानमा सुरु भएको प्रतियोगिताको धनगढीका नगर प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्रले भव्य समारोहका बिच उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले राष्ट्रका लागि, स्वास्थ्यका लागि मात्रै नभएर समाजका लागि पनि खेलकुद आवश्यक रहेको बताए ।
कार्यक्रममा सुदूरपश्चिम विश्व विद्यालयका पूर्व रजिष्टार डाक्टर हेमराज पन्त, पूर्व शिक्षा निर्देशक नन्दराज जन्त लगायतलाई सम्मान गरिएको थियो । प्रतियोगिता चैत १२ गते सम्म चल्ने छ ।
प्रतियोगितामा धनगढी नगर क्षेत्रका सरकारी तथा निजि विद्यालयहरु गरि ३० टोलीको सहभागीता रहेका छन् । छात्रतर्फका १९ टिम र छात्रातर्फका ११ टिमले भाग लिएका छन् ।