काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नाममा माधव नेपाल पक्षले छुट्टै गुटको भेला गरे कारवाही गर्न सक्ने चेतावनी दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार पार्टीका केन्द्रीय सदस्यहरूका लागि गरिएको चियापान कार्यक्रममा बोल्दै उनले पार्टीमा बसेपछि उच्छृङ्खल गतिविधि गर्न तथा विधान विपरितका काम गर्न छुट नदिइने बताए ।
यता एमाले नेता योगेश भट्टराईले अध्यक्ष केपी ओलीलाई राष्ट्रिय कार्यकर्ता भेलामा प्रमुख अतिथि बनेर सहभागी हुन निम्तो दिएका छन् । नेपाल–खनाल समूहले ४ र ५ चैतमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले ओलीलाई निम्तो दिएका हुन् ।