२० असार २०७९, सोमबार

दिल दमाईको उपचारका लागि मुख्यमन्त्री कार्यालय अगाडि कचौरासहित धर्ना

३ चैत्र २०७७, मंगलवार
[Sassy_Social_Share]
दिल दमाईको उपचारका लागि मुख्यमन्त्री कार्यालय अगाडि कचौरासहित धर्ना

धनगढी : डेढ बर्षअघि भारतमा सडक दुर्घटनामा परि दुईटै खुट्टा फ्याक्चर भएका डडेल्धुराको गन्यापधुरा ०२ कोरगाउका २७ बर्षिय दिलबहादुर दमाईको उपचारका लागी सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालय अगाडि धर्ना गरेका छन् ।
बोलन्या थलीको आयोजनामा पिडित दमाईका आफ्न्तहरुले सरकार कि आस दे कि सल्फास दे भन्दै मुख्यमन्त्री कार्यालय अगाडि कचौरा लिएर धर्ना दिएका हुन् ।

आर्थिकस्थिति कमजोर भएका दिल दमाईको उपचार लागि आर्थिक सहयोगलाई अपिल गरेको र जीवन बचाउन अभियान थालिने बोलन्या थलीका संयोजक यादव जोशीले बताए । पिडित दिल दमाईलाई धर्ना कार्यक्रमपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको दिल दमाईका दाइ गगन दमाईले बताए । केही रकम आफ्न्तको सहयोगमा अस्पताल भर्ना गरिएको र औषधि,खाना खान पनि नभएको उनले बताए ।

आर्थिक स्थिती अत्यन्तै कमजोर भएका दमाई रोजगरीका लागि एक बर्षअघि भारतको मुम्बईमा गएका उनी तीन दिनपछि भारतमा सडक दुर्घटनामा परि दुवै खुट्टामा गम्भिर चोट लाग्यो । अहिलेसम्म खुट्टाको उपचारका लागी  आफ्न्तको सहयोग र ऋण जोहो गर्दै दिलको उपचारमा जुटे तर ऋण जोहो गरेको पैशााले दिलको उपचार हुन सकेन । यतिबेला उनी जीवन र मरणमको अवस्था छन् ।

दिल दमाईका बुवा दुर्गा दमाईलाई एकातिर १८ जनाको परिवारलाई दैनिक जिविकोपार्जन गर्न मुस्किल छ भने अर्को खाउखाउ उमेरको छोरो घरमा खर्चको अभावमा पिडामा तड्फी रहेको देख्दा उनको मन जलेको छ । सम्पत्तिको नाममा एक घर छ । छोराको उपचारमा १५ लाख बढि खर्च गरि सकेका छन् । गर्मी सुरु भएसङ्गै छोराको खुट्टामा घाउ पाक्न सुरु भएको छ । थप उपचार खर्च जुटाउन नसक्दा छोरो त्यतिकै सड्ने अवस्थामा छ बुबा दुर्गा दमाईले बताए । दिल दमाईका एक छोरा,एक छोरी र श्रीमती रहेका छन् । भने परिवारमा आमा,बुबा,दुई दाईसहित १८ जना रहेका छन् ।

परिवारले मंगलबार बोलन्या थलीको सेटमा धनगढीमा पुगेर दिल दमाईको थप उपचारका लागी सक्दो आर्थिक सहयोग गरिदिन भन्दै सबैमा अपिल गरेका छन् । ‘तपाईंको सानो सहयोगले दिल दमाईलाई जिउन सहज हुनेछ ।’
आर्थिक सहयोगका लागि मोबाइल नम्बर ९८१२६९९२१२,९८२८८७४८६२ छ भने आर्थिक सहयोग गर्न चाहनेहरुका लागि दिल बहादुर दमाईको बाणिज्य बैंकमा रहेको खाता नम्बर ४२४०१०००५३०२९०१० रहेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo