KhabarUjyalo

१७ फाल्गुन २०७८, मंगलवार


धनगढी : डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ कोटेलीबाट जिल्ला सदरमुकाम बगबजार आउँदै गरेको जीप दुर्घटना भएको छ। दुर्घटनामा १६ जना घाइते भएको प्रहरीले जनाएको छ।

से१ ज ४०१ नं को जीप केआइसिंह राजमार्गको युटर्न मोड नजिक दुर्घटनामा परेको हो । घाइते हुनेमा अधिकांश महिला र बालबालिका छन् । घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । यात्रुहरु काम विषेश र शिवरात्री मेला भर्न सदरमुकाम आउँदै थिए। जीपमा कति जना सवार थिए भन्नेबारे एकिन भएको छैन ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । अन्यलाई समान्य चोटपटक लागेको छ । उद्धारमा खटिएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक केवी साउदले क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको हुनसक्ने बताए। दुर्घटनाको कारणबारे थप अनुसन्धान हुने प्रहरी निरीक्षक साउदले बताए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo