शरीरलाई स्वस्थ राख्नका लागि हरिया सागसब्जी फाइदाजनक हुन्छ । तर, अधिकांश मानिसलाई पोषकतत्व पाउनका लागि कसरी खाने भन्ने दुविधामा हुन्छन् ।
केही सागसब्जीलाई सलादका रुपमा खान्छन् भने, कोही जुस बनाएर खान्छन् । तर, कुन तरिकाले खाँदा ज्यादा पोषक तत्व मिल्छ भन्ने अन्योल धेरैमा देखिन्छ ।
सागसब्जी फाइबरको राम्रो स्रोत हो । यसका साथै यीनमा धेरै घुलनशील भिटामिन पाइन्छ । सागसब्जी पकाउनेबेला यी पोषकतत्वको अक्सिकरण हुन्छ, जसकारण भिटामिन कम मात्रामा बाँकी रहन्छ ।
हरिया सागसब्जीको जुस स्वास्थ्यका लागि राम्रो मानिन्छ । सोधकर्ताका अनुसार पकाउनुभन्दा काँचो सागसब्जीबाट बनेको जुस बनाएर खाँदा यसको फाइबर र भिटामिन शरीरलाई तुरुन्त मिल्न पुग्छ ।
सागसब्जीको जुस पिउनाले यीनको मिनरल्स शरीरमा जान्छ । जसका कारण पाचन तन्त्रले पनि राम्रो तरिकाले काम गर्न थाल्छ । सागसब्जीको जुस पिउनाले यसका पोषकतत्व पेटभित्रको अम्लीय वातावरणमा पनि रहीरहन्छ ।
जबकि सलाद जा सागसब्जी पकाएर खाँदा पाचनतन्त्रमा बढी दवाव पर्छ । साथै शरीरमा पूरै पोषकतत्व पुग्न पाउँदैन । सब्जीबाट बनेको जुस शरीभित्र छिट्टै पुग्छ र यसको एन्टीअक्साइडेटले पनि तुरुन्त काम गर्न सुरु गर्दछ ।
जुस पिउनुको फाइदा यो पनि हो कि यसमा तपाइँ आफ्नो डाइट बढाउन पनि सक्नुहुन्छ । जसले शरीरको वजनमा कुनै असर पार्दैन ।
एक कप पालुंगो सागका रुपमा राख्ने । तर, जुस बनाउनका लागि यसको दुईगुणा आवश्यक पर्दछ । यसका साथै यसमा टमाटर, गाँजर, लौका वा अन्य कुनै पनि हरियो तरकारी राखेर जुस बनाउन सकिन्छ ।
सागको सलाद बनाउन जस्तै पकाउन पनि धेरै समय लाग्छ । जुस भने तत्काल सहज तरिकाले बनाउन सकिन्छ । हरेक दिन एक ग्लास सब्जीको जुस पिउनाले इम्युनिटी पावर बढ्ने, छाला र कपाललाई फाइदा पुग्ने चिकित्सक बताउँछन् । लोकान्तरबाट