धनगढी : सुदूरपश्चिम प्रदेश सभाका सदस्य (सांसंद) महेशदत्त जोशी प्रचण्ड–नेपाल समूहमै फर्किएका छन् । पूर्व माओवादी केन्द्रका नेतासमेत रहेका जोशी संसद विघटनपछि ओली समूहमा लागेका थिए ।
उनी ओली समूहका नेता तथा उद्योगमन्त्री लेखराज भट्ट निकट मानिँदै आएका थिए । उनी आज नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न उनकै निवासमा पुगेका थिए ।
उनी कञ्चनपुरबाट प्रदेशसभामा तत्कालीन माओवादी उम्मेदवार भई निर्वाचित भएका थिए ।