१९ मंसिर २०७९, सोमबार

दार्चुलामा जीप दुर्घटना, २ जनाको मृत्यु

२२ फाल्गुन २०७७, शनिबार
दार्चुलामा जीप दुर्घटना, २ जनाको मृत्यु

दार्चुलाको गोकुलेश्वर–रिठाचौपाता सडकखण्ड अन्तरगत उचाकोटमा जीप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक करन नाथ र एक जना बृद्ध बुद्धिपल्लब पन्त रहेको प्रहरीले जनाएको छ ।

गोकुलेश्वरबाट रिठाचौपाताका लागि छुटेको जीप लेकम गाउँपालिका वडा नम्बर ६ उचाकोट बन्स्याडीमा दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको हो । जीपमा सवार अरु पाँच जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । 

सडकबाट भण्डै दुई सय मिटर तल खसेको जीप क्षत विक्षत भएको इलाका प्रहरी कार्यालय रिठाचौपाताले जनाएको छ ।अहिले स्थानीय र प्रहरीको सहयोगमा उद्धारकार्य भइरहेको छ । घाइतेहरुलाई उद्धार गरी गोकुलेश्वर अस्पताल पठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo