KhabarUjyalo

डोटिका भरत भट्टको ‘मन रुन्छ धुरुक्क’ देउडा गित टिकटकमा भाइरल, गितमा परदेशीका वेदना….

२२ फाल्गुन २०७७, शनिबार
डोटिका भरत भट्टको ‘मन रुन्छ धुरुक्क’ देउडा गित टिकटकमा भाइरल, गितमा परदेशीका वेदना….

धनगढी : डोटीको शिखर नगरपालिका–९ सुण्ड गाउँमा जन्मिएका भरत भट्ट कौडा गित हुदै लोकदोहोरी,देउडा,तिज गितहरुमा आफ्नो मीठो स्वर दिएर बजारमा ल्याए सकेका छन् । केहि दिन अघि एल के प्रोडक्सन युट्युव च्यानलबाट गायक भट्टले देउडा टिपिकलमा ‘मन रुन्छ धुरुक्क’ ल्याएको गीत पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा नैकै चर्चा पाएको छ ।

बाध्यताले पैसा कमाउन रोजगारीका लागि भारत गएका युवाका पीडा र बेदना समेटिएको उत्त गितले भारतमा रोजगारमा गएका युवाका मात्र नभई घर छोडेकाहरुको पनि मन चट्क्क छुने मौलिक शब्द रहेको छ । बाल्यकालमा गाउँमा साथी भाईहरुसङ्ग रमाएका पल गितमा रहेका शब्दले ती सम्झनाको झल्को दिएको छ ।

पुरानो लयलाई फ्युजन गरेर उनले ती परदेशीका बेदना,पिडा अनि बाल्यकालका सम्झ्ना दर्शाउने त्यो गितमा अहिले धेरैले अभिनय गरेर टिकटकमा भिडियो अपलोड गरेका छन । ‘मन रुन्छ धुरुक्क’ गितका केही टुक्का भाइरल बनेका छन ।

कर्णाली तुरुक्क, सेतिको बग्ने पानी
कैले डिउटी पुना,कैले डिउटी मुदरासकी
सम्झी रुना रुना,आशुले सिरानी भिज्यो
औशीको रात जैलै,आएन पुर्णिको जुन
फर्केलान कि कैलै, म जस्ता दुखिका दिन
क्या होला मन्तर, बैरागीको मन बुझाउन्या

युट्युवमा ८५ हजार ५ सय बढी दर्शकले हेरिसकेका छन् भने १ लाख बढीले टिकटकमा अभिनय गरेर भिडियो अपलोड गरिसकेका छन ।

सानै देखि म्युजिकमा रुचि भएका भट्ट वि।स।२०६८ सालमा स्नातक तहको पढाईसङ्गै म्युजिक सिक्न काठमाडौमा छिरे । बिबिएसमा स्नातक तह पास गरेपछि पुर्णरुपमा सांगीतिक क्षेत्रमा लगातार लागि परे। मादल बजाउने पेसा बनाउने सोचमा उनी नाचघर ६ महिना मादल बजाउने कक्षा लिए । केही समय काठमाडौमा दोहोरी साझमा काम गर्न थाले । सांगीतिक क्षेत्रका ब्यक्ति सङ्ग चिन जान हुन थाल्यो र कलाकारहरुको साथमा कार्यक्रममा जान थाले । उनले गायनमा पहिलो पटक कौडा गितमा स्वर दिएर बजार गित ल्याए । उनलाई सांगीतिक यात्रामा केही सिक्ने मौका पाए र स्रोताको सुझाव,माया मिल्यो । गित निकाल्न थप प्रेरित गर्यो । दोस्रो गित बजारमा ल्याए देउडा गित । यो सङ्गै उनले थुप्रै गितमा स्वर दिए । २०७५ साउन २७ रेडियो नेपालको लोक गित स्वर परिक्षामा उतिर्ण हुन सफल भए । उनले सांगीतिक यात्राको सुनौलो दिन आएको महसुस गरे । संगीत सिक्न र स्रोता,दर्शकले चाहेको गित संगीत अध्ययन गर्न थाले।

कोरोना कहरका बेला लामो समय लकडाउनको फुर्सदिलो पुराना लयलाई संकलन गरेर आफ्ना भावना जो आमका पनि बाल्यकाल रमाइला क्षण सम्झिन्छन,सम्झिदा मन रुन आउन्छ। यस्तै परदेशमा गएका दाजुभाईको पनि कतै जागिरको टुंगो हुन्न भने उता घरको यादले पनि सताएको हुन्छ । ती शव्दलाई संकलन गरेर ‘मन रुन्छ धुरुक्क’ गित सांगितिक बजारमा ल्याएको गायक भट्टले बताए । गीतमा मादल, हारमोनी, तबला प्रयोग नगरेर कम्प्युटरबाट दामाहा, ढोलको फ्युजन दिएर गितमा नयाँ तरंग रहेको गायक भट्टले बताए ।

‘मन रुन्छ धुरुक्क’ गित संकलन झलक भट्टले गरेका छन् । एरेन्ज र मिक्सिङ्ग पवन भाटले गरेका छन । म्युजिक रेकडिस्ट करण संज्याल र सारङ्गीमा हेमन्त कान्छा रसाइली रहेका छन् ।

म्युजिक भिडियोको फिचर्डमा छ्वीराज पन्तुबैतडोु रहेका छन् भने म्युजिक भिडियो सम्पादन मिम्मात चैसिर रहेका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo