धनगढी : भूमिगत नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रियसभाबाट सम्बोधन गर्दै तीन बुदे सहमति पत्रमा हस्ताक्षर गरे।
विप्लवले सम्बोधन गर्दै सहिदको सपनालाई मर्न नदिने बताएका थिए । केही समयपछि ट्विटरमा ट्विट गर्दै नेपाल सरकार र सम्पूर्ण शुभचिन्तकहरुलाई धन्यवाद थिए ।
फेरि उनले अर्को ट्विटमा भनेका छन्, “बदलिँदो राजनीतिक परिस्थिलाई आत्मसात गर्दै पर: निर्देशित केही दलालहरुको गलत कार्यले गर्दा देशको राष्ट्रिय स्वाधिनतामा असर पर्ने देखेर नै शान्तिपूर्ण सम्झौता र सहकार्यमा आएको हौं ! हामी राष्ट्र र नागरिकप्रति जिम्मेवार हुनेछौं ।”