Khabar Ujyalo

साइकलमा क्याम्पस आउने विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्ति

१४ फाल्गुन २०७७, शुक्रबार
साइकलमा क्याम्पस आउने विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्ति

धनगढी : सुर्खेतको एक क्याम्पसले साइकल चढेर आउने विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ।

वीरेन्द्रनगरमा रहेको सिद्धपाइला क्याम्पसले साइकल चढेर क्याम्पस–घर आवतजावत गर्ने विद्यार्थीलाई मासिक शुल्कमा २५ प्रतिशत छुट गर्ने घोषणा गरेको हो।

‘हाम्रो क्याम्पसमा अहिले साढे चार सय जति विद्यार्थी अध्ययनरत हुनुहुन्छ, त्यसमा साइकल चढ्ने त ४/५ जना मात्र हुनुहुन्छ,’ क्याम्पस प्रमुख उपेन्द्र सुवेदीले भने, ‘हामीले विद्यार्थीबाटै पर्यावरणलाई स्वस्थ राख्ने अभियान सुरू होस् भनेर साइकलमा क्याम्पस आउने, घर जाने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्नेछौं।’

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.