Khabar Ujyalo

आज २०८० साल फागुन १३ गते आइबारको राशिफल

१२ फाल्गुन २०८०, शनिबार
आज २०८० साल फागुन १३ गते आइबारको राशिफल

काठमाडौं – आज २०८० साल फागुन १३ गते आइतबार तदनुसार सन् २०२४ फेब्रुअरी २५ तारिख। 

मेष : दिन राम्रो छ। लगानीको क्षेत्रबाट फाइदा हुनेछ। खेलमा भए अवार्ड र सामाजिक काम भए सम्मान मिल्नेछ। विरोध गर्ने साथी शान्त हुनेछन्। राम्रो कामको थालनी गर्नुपर्ने दिन छ। परिवारमा सुख र शान्ति मिल्नेछ।

वृष : दिन राम्रो छ। शिक्षामा सफल, स्वास्थ्यमा लाभ मिल्नेछ। वैदेशिक क्षेत्रको श्रमबाट फाइदा हुनेछ। सञ्चित धन खर्च हुनेछ। आफूभन्दा ठुलाको साथ रहने योग छ।

मिथुन : दिन सहज बन्नेछ। अरुको आयोजनामा आफ्नो हुनेछ। थोरै श्रमबाट राम्रो आम्दानी हुनेछ। परिवारको साथ रमाइलो हुनेछ। बोलीमा ख्याल नगर्दा पश्चाताप हुनसक्छ।

कर्कट : दिन सामान्य छ। तपाईंको कामबाट अरुले फाइदा लिनेछन्। राम्रो कामबाट खुट्टा तान्ने सक्रिय छन्। निष्ठावान बन्नु भएमा सबै पछाडि पर्नेछन्। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ।

सिंह : दिन राम्रो छ। चन्द्रमा दाहिना भएकाले राम्रो कामको सुरुवात हुनसक्छ। हल्ला गर्ने तर काम नगर्ने शान्त हुनेछन्। लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा लाभ हुनेछ। परिवारमा प्रतिस्पर्धा चल्नेछ।

कन्या : दिन रमाइलो छ। राम्रो कामको थालनी गर्दा फाइदा हुनेछ। मनमा उत्साह बढ्नेछ। डर, त्रास र भयबाट मुक्त भएर ठुलो कामको थालनी गर्नुपर्ने दिन छ। परिवारको सहयोग निरन्तर प्राप्त हुनेछ।

तुला : दिन राम्रो छ। कर्म क्षेत्रलाई निरन्तरता दिनाले भाग्यको उदय हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। खानपानमा सचेत हुनुपर्ने देखिन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : समय सामान्य छ। घरमा भन्दा भन्दा बाहिर रमाउने बानीले परिवारमा खटपट हुनसक्छ। गणेशको भजन सुन्नुभयो भने धेरै काम बन्नेछन्। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक रोजगारीको बाटो खुल्ने योग रहेको छ।

धनु : दिन राम्रो छ। धन कमाउन भन्दा जोगाउने कुराको चिन्ता बढ्नेछ। साथीभाइको हुटहुटीले यात्रा रमाइलो हुनेछ। न्यायपूर्वक गरेको लगानीबाट फाइदा हुनेछ। यात्रामा रमाइलो गर्ने दिन छ। परिवारको साथ र सहयोग रहनेछ।

मकर : दैनिकी राम्रो छ। वैदेशिक क्षेत्रको लगानी सफल बन्नेछ। आफन्तलाई मनको कुरा नभन्नु राम्रो हुन्छ। परिवारबाट प्राप्त हुने मायाले निरन्तरता पाउने देखिन्छ।

कुम्भ : दिन सामान्य छ। शनिदेव प्रतिकुल छन्। जन्म कुण्डलीमा आफ्नै घरमा रहेका शनि वा ३, ६ र ११ स्थानमा शनिदेव भए ठुलो काम बन्नेछ। परिवारलाई अगाडि सारेर नयाँ कामको थालनी गर्ने योग रहेको छ।

मीन : दिन सामान्य छ। आफ्नो कारणले आम्दानी भन्दा खर्च बढ्नेछ। सामाजिक क्षेत्रमा आफन्तबाट अवहेला हुनेछ। नम्र भएर धार्मिक क्षेत्रमा मन दिनुपर्ने देखिन्छ। परिवारको साथ र सहयोग रहन्छ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.